Header Ads

कांग्रेसी नेता ज्योतिरादित्य सिंधियासित जीएसएसएस(GSSS) को उपाध्यक्ष एंड्रयू गुरूंगको औपचारिक भेट-खाट


नयाँ दिल्ली । आज मध्यप्रदेशको गुना जिल्ला संसदीय क्षेत्रका कांग्रेसका सांसद एवं आंतरिक हृदयबाटै हामी गोर्खाहरुको समर्थन गर्ने  तथा हाम्रो गोर्खाली संतानसित धेरै नजीकबाटै साइनो जुडीएको कर्मठ कांग्रेसी नेता श्री जोतिरादित्य माधवराव सिंधियासित जीएसएसएस(GSSS) को एंड्रयू गुरूंग साथमा  कांग्रेस कै पूर्वमंत्री राजा पटारिया साथै सामाजिक कार्यकर्ता रिजवान राजाका एक टोलीले औपचारिक भेट-खाट गरिएको थियों र त्यस भेट-खाट अनुसार सिंधियाज्युले धेरै राम्रो कुराहरु र गोरखालैंड अलग राज्यको माँगप्रति आफ्नो हृदयबाटै समर्थन रहेको अनि सधै रहने बताउनु भयो अनि आगामी दिनहरुमा जबपनि यस मुद्दालाई लिएर संसदमा प्रस्ताव आएमा वहाँले अनि वहाँको पार्टीको तरफबाट अवस्य समर्थन दिनेछौं भन्नु भयो। यसले गर्दा हामीले अब यस गोरखालैंड आन्दोलनको सफलताकोप्रति यसरी नै देश भरीकै जम्मैं राजनैतिक नेताहरु अनि ठुला-ठुला बुद्धिजीविहरु साथ-साथै सामाजिक कार्यकर्ताहरू लगायत सबै गण्यमान्य ब्यक्तिहरूलाई नै औपचारिक भेटखाट गरि हाम्रो गोरखालैंड अलग राज्यको यस  आन्दोलनको परिचय, सहयोग तथा समर्थनहरू जुटाउने कार्यहरुले  आगामी दिनहरुमा धेरै टेवा पुग्ने बिचार GSSS का उपाध्यक्ष एंड्रयू गुरुंगले बताउनु भएको छ।

No comments

Powered by Blogger.