Header Ads

गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङको 11औं स्थापना दिवस को उपलक्ष्यमा सन्देश, नेपाली भाषामा पूरा पढ्नुहोस


11 औं स्थापनाको अवसरमा सबैलाई शुभकामना। म अहिले सबैसित जुझेर जनाकांक्षा पुरा गर्न लागि परिरहेको छु। मसित पिरमर्का छ, तर हरेस खाएको छुइन। मन रुन्छ, हृदय रुन्छ, देखाउन त सक्दिन, भन्न मात्र सक्छु।

जनताले यतिञेज्लसम्म माया गर्नु भयो। सबैलाई दुःख छ, पुलिस आँगन आँगनमा होला, सबैलाई त्राहीत्राही छ, म बुझ्छु। दुइचारजना मिरजाफरहरूले धमिराले खाएकोजस्तो काम गरिरहेको छ। जनता तपाईँहरू 2011 देखि कस्तो हुरीबताससित त लड्नु भयो, यस्ता धमिराहरूसित पनि लड्नहुनेछ।

105 दिन मेरो निर्देश बिना नै अहिले बङ्गाल सरकारले राखेको केयरटेकर विनय तामाङले आफै कार्यक्रमहरू घोषणा गरे। पुलिसले मेरो अफिसमा कार्वाही गरेपछि विनय तामाङले नै अनिश्चितकालीन बन्द गरेका हुन्। केन्द्रिय समितिको सल्लाहबिना नै उनीहरूले यस्तो गरे। मैले बन्दको विरोध गर्दा पनि विनय तामाङहरूले मानेनन्।

फलस्वरूप जनता 105 दिन सङ्कटकमा परे। सङ्कटमा परेर पनि जनताले पार्टीलाई साथ दिए। बङ्गाल सरकारले घुँडा टेक्न लागेको थियो, बङ्गाल चुडान्त केही गर्नुपर्छ भनेर बसेको बेला, जसले अनिश्चिताकीलन बन्द गरे, जनतालाई सताए, उनीहरू बिक्री भए। विनय र अनित बिक्री भएर सबै भताभुङ्ग पारे।

जनताले यी कुरा बुझ्नेछ भन्ने लागेको छ। मैले विश्वास गरेको भाइहरूबाट मैले धोका पाएँ। यो धोका मैले व्यक्तिगतरूपमा पाएको होइन,  धोका त मेरो जातिले पायो। उनीहरूले गगरेको धोकाले मलाई मात्र दुःख लागेको छैन, सारा गोर्खाहरूलाई दुःख लागेको छ।

तर जनता डराउनु पर्दैन। बुद्धिजीवीहरू डराउनु पर्दै। विमलले गणतन्त्र बुझ्छ। मैले अगणतान्त्रिक आन्दोलन गरेको भए कैयौं मानिस मर्थे। तर मैले यस्तो गरिनँ। 86 मा जस्तो 28 महिने रक्तपात गरिनँ। गणतान्त्रिक आन्दोलन गरेँ।

जस्तै सङ्कट परोस्, म गणतान्त्रिक लडाईँ गर्छु।

जनताले बुझ्नुपर्छ, जसले जाति बेचे र जिटीए थापे जनताले उनीहरूलाई सहयोग गर्नु हुँदैन। जसले धोका दियो, उसलाई होमा हैंसे दिनु हुँदैन। उनीहरूले खाडलमा हाल्नेछन्। खाडलमा हालिसकेपछि फेरि निस्कन सक्दैनौँ।

अहिले त उनीहरू खुसीले मातेका छन्। उनीहरू ठेकेदारहरूलाई बोलाउँदैछन्। काम दिन्छु, बील छोडिदिन्छु भन्दैछन्। लोभ देखाउँदैछन्। जनता लालचमा पर्नु हुँदैन। उनीहरू ठेकेदारहरूलाई लिएर राजनीति गर्दैछन्। ठेकेदारहरूले पनि गाउँगाउँमा पैसा दिएर विनय तामाङ, अनित थापा भेट्न जानुपर्छ भन्दैछन्, यो कुरादेखि जनता होसियार हुनुपर्छ।

म जहाँ बसेको छु, त्यो मलाई मात्र थाहा छ। उनीहरू जिटीएमा बसेर रमाइलो गरिरहेका छन्। मैले लोभलालच गरेको भए, ठेकेदारहरू लिएर राजनीति गरेको भए म जिटीए छोड्थिनँ होला।

मलाई जनताको माया लाग्यो। म भगवानसित डराउँछु। भगवानले जसरी मलाई जन्मायो, उसरी नै एकदिन लान्छ नै, यसैर कर्म राम्रो गर्नुपर्छ।

तपाईँहरू जसरी बुझ्नहोस्, म जातिको लागि लडिरहेको छु, लडिरहनेछु। बङ्गालले जति नै दमन गरोस्, म शोषणमा दबिने मानिस होइन। म लागिपरिरहनेछु। ठेकेदारहरूले दिएको दुईचार पैसाको लालचमा लागेर जातिलाई धोका नदिनुहोस्। मैले पनि पोष्ट, लालच कति पाएँ, सबैलाई छोडेर जनताको लागि आन्दोलन गरिरहेको छु।

विनय तामाङहरूले हाम्रो भाग्य उदय हुने बेला जनतालाई लात लगाए, ममतासित मिलेर। मैले कुकर्म गरिनँ। बङ्गालसित मिलिन। दिलिप घोषहरू आउँदा उनीहरूलाई कुटपिट गरे, उनीहरू दार्जीलिङको वास्तविक स्थिति हेर्न आएका थिए। दिलिप घोषलाई विरोध गर्न विनय तामाङहरूलाई ममताले खटाएकी हुन्।

उनीहरूले जे गरे राम्रो गरेनन्। उनीहरूलाई जनताले जहाँ भेट्छ थुक्नुपर्छ। उनीहरू हाम्रो भाग्य र भविष्य बेच्ने मानिसहरू हुन्, माफ दिनु हुँदैन। जस्तै दुश्मनी किन नहोस्, ममता व्यानर्जीहरूलाई पनि यसो गर्नु राम्रो होइन। भोलिको डर बोक्नुपर्छ।

मैले धेरैलाई सहयोग गरेको छु, केही महिनादेखि मेरो जनतासित सम्पर्क हुन सकेको छैन। यसपल्टको दसैंमा पनि कसैसित भेट्न पाइन। सङ्घर्ष भनेकै यस्तो हुन्छ, तितो पिरो हुन्छ।

2018 को दसैं गोर्खाल्याण्डमा मनाउनेछौँ, स्थापना दिवस रमाइलो गरी मनाउनेछौँ। 11 औं स्थापना दिवसमा मेरो भनाई यति छ।

Powered by Blogger.