Header Ads

बङ्गाल सरकारको अत्याचारले सिमा नाघ्यो:कालेबुङको काउंसिलर बरूण भुजेललाई जेलमा नै राखी मार्ने षडयन्त्र


पुरण गिरी
कालेबुङ : गोर्खाल्याण्ड मांगलाई लिएर पहाडको  क्यै गोर्खा दाजुभाइहरू सडकमा उत्रिएर गान्धीवादी आन्दोलन गरिरहेको छ कति निर्दोष गोर्खाहरुलाई बङ्गाल सरकारले बिनाकारण पक्राउ गरि जेलमा हालिरहेको छ भने यस्तै एक कालेबुङ इस्टमेन्ड रोड निवासी १६ नम्बर वाड काउन्सिलर बरूण भुजेललाई गत १४ जुनको दिन कालेबुङ जिल्लाबाट बिनाकारण पक्राउ गरि बाख्रागोट जेलमा राखिएको थियो भने जेलको दुर्ब्यवहार र अत्याचार सङै अचानक उनको स्वास्थ बिग्रिएर जान थाले पछि गत १२ सेक्टेम्बरको दिन उनलाई जेलबाट नर्थबेङ्गाल अस्पतालमा भर्ना गरिएको थियो भने पगला कुकुर सरह राखिएको अनि परिवार पक्षलाई पनि पछि गएर मात्र जानकारी दिएको उनको भाई बिरेन भुजेलले जनाएका छन् भने उनलाई नर्थबेङ्गाल अस्पतालमा पनि राम्रो प्रकारको उपचार नपाएर अझ उनको अवस्था चिन्ताजनक बन्दै गएको छ।

उनको यस्तो अवस्थामा पनि बेल नपाउनु परिवारले दुर्भाग्यवश रहेको जनाउ छन् डाक्टरको रिपोड अनुसार भुजेलको सबै शरिरको अङ्गहरूले काम गर्न छाडेको छ भने उनको लिबर,दुवै किड्नी र फोक्सोमा पानि पसेको कारण नर्थबेङ्गाल अस्पतालमा उपचार नहुने बुझिएको छ।परिवारले उनको बेलको कुरा प्रसाशनलाई गर्दा पुलिस प्रसाशनले बेल दिने तर तारीखको दिन अरु बहाना वा फेरि अर्को केसमा टयाग गरेर भित्रै राखेर अझै बिमारीको अवस्था बिगार्ने कार्य भइ रहेको  उनी राजनैतिक बन्दी भएकोले यस्तो अमानवीय बेवहार नहुनु पर्ने जनाएको छन्। डाक्टरले भने उनको अवस्थालाई हेर्दा यदि कलकत्ता अस्पताल लगे उनको सहीउपचार नहुनुसक्ने यदि दुई-चार दिन भित्रै हैदरावाद जस्तो ठुलो अस्पतालमा नलगे केहि पनि हुन सकेन कुरा गरेको छ।यसरी सबै कुरा बुझदा बङ्गाल सरकारले जेल भित्र नै हाम्रो दाजुभाईहरुलाई मार्ने षडयन्त्र चलिरहेको बुझीन्छ।यस्तै प्रकारको घटनाहरू हेर्दा गोर्खाल्याण्डको आन्दोलनमा उत्रिएको क्यौ हाम्रो निर्दोष दाजुभाइहरू,दिदीबहिनीहरूलाई बङ्गाल पुलिस प्रसाशनले पक्राउ गरि बङ्गालको अलग अलग जेलमा अत्याचार गर्दै नन बेल तरिकाले राखिएको छ।आब यो सबैको कुराहरूको बिरोध कसले गर्ने?

No comments

Powered by Blogger.