Header Ads

दार्जिलिंग : चुङथुङ मेरीबोङ तामसाङ समष्टिको जनताले बिमल गुरुङको साथ नछोड्ने प्रतिबद्धता


दार्जिलिंग : आज चुङथुङ मेरीबोङ तामसाङ समष्टिका उप सभापति रतन गुरुङको अध्यक्षतामा समष्टिको सभा तामसाङ खासमलमा बसियो। गत केही दिन अघि समष्टिका सभापति सावन राई र सचिव शरण लामाले विनय अनित गुटमा समर्थन जनाएपछि समष्टिको लथालिङ्ग बनेको थियो। यसरी समष्टिका ठूला नेताहरू नै विनय अनित गुटमा सामेल भए तापनि अन्य नेतृत्वगण र जनताले अन्तसम्मै बिमल गुरुङको साथ नछोड्ने प्रतिबद्धता देखाएका छन समष्टि मोर्चा सभापति सर्जु छेत्री, उपसभापति रवि थापा, प्रमुख सल्लाकार राजकुमार राई, डिटीडीपीएलयु केन्द्रिय समिति सदस्य बुद्ध तामाङ आदिको उपस्थितिमा विभिन्न शाखा प्रशाखाका प्रतिनिधिहरूलाई लिएर बसिएको उक्त सभामा अध्यक्षलाई दुख परेको बेला तन मन धनले सघाउने निर्णय लिइयो। आजको सभामा विभिन्न शाखा प्रशाखाको प्रतिवेदनअनुसार समष्टिभरिका जनता अहिले पनि बिमल गुरुङकै साथमा रहेको पुष्टि गर्दै आगामी 30  तारिख अध्यक्षको हात बलियो पार्न हजारौँ मानिसहरू समष्टिबाट सडकमा ओर्लने भएका छन् ।

समष्टिले गोर्खाल्यान्ड राज्यको लागि यत्तिका दिनसम्म आन्दोलन गरेको हो भन्दै युवा मोर्चा सभापति सर्जु छेत्रीले स्वार्थमा बिक्ने नेताहरूको कारण हाम्रो आन्दोलन बिथोलिने छैन भने। यसको साथै समष्टिको अर्को सभा दिवाली लगत्तै पछि भइहाल्ने र समष्टिभरिका शाखा प्रशाखा लगायत विभिन्न भातृ संगठनहरूलाई मजबूत बनाउने कार्यक्रम आजको सभामा लिइयो। समष्टिका सहसचिव गोबिन्द गुरुङलाई विशेष जिम्मेवारी दिँदै दिवाली लगत्तै पछि सभाको सूचना प्रसार गर्न हेतू संयोजक मनोनित गरियो। सभालाई राजकुमार राई, रवि थापा, बुद्ध तामाङ, सुरज गुरुङ, सर्जु छेत्री आदिले वक्तव्य राख्दै बंगाल सरकारले गोर्खाल्यान्ड आन्दोलनलाई दबाउने जति प्रयास गर्छ त्यति नै कठोर रुपमा आन्दोलन पालन गरिनेछ भन्दै 30 तारिख समष्टिको जनता कुनै करकापबिना सडकमा उत्रने कुरा अवगत गराए।


No comments

Powered by Blogger.