Header Ads

कवि किरण नाम्साङकृत कविता संग्रह चासोक तङ्नामको लोकार्पण तथा कवि शरण मुस्कानमा सम्बर्द्धना कार्यक्रम


संजय निरौला
रिम्बिक :  हिज एक साहित्यिक कार्यक्रमको बीच बाँसबोटे सार्वजनिक भवनमा कवि किरण नाम्साङ कृत कविता संग्रह चासोक तङ्नामको लोकार्पण तथा युवा साहित्य आकादमीदारा पुरस्कृत कवि शरण मुस्कानलाई सम्मान जनाइयो | साहित्यकार महानन्द पौड्यालको अात्मा शान्तिको कामनामा मौनधारण गरि शुरु गरिएको कार्यक्रम स्थानीय भानु उच्च विद्यालयका प्रधान अध्यापक सुन्दर गुरुङको सभापतित्व तथा कवि मिलन बान्तवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएथ्यो| स्थानीय रामचन्द्र काम्बाङ्ग अनि अनील राईद्वाराको संयुक्त प्रकाशनमा प्रकाशित उक्त कविता संग्रह चासोक तङ्नामको उपस्थित प्रमुख अतिथिहरुको हातबाट लोकार्पण गरियो|

कार्यक्रको अर्को चरणनामा स्थानीय साहित्यिक संस्था मुस्कान समूहको पक्षबाट कविता कृति मूलधारातिरको निम्ति साहित्य अकादमी युवा पुरस्कार २०१७ -द्वारा सम्मानित हुनुभएकोमा कवि शरण मुस्कानमा सम्बर्द्धना जनाईयो|कार्यक्रमा स्थानीय लगायत अतिथि कविहरु क्रमैले :शरण मुस्कान, पुष्कर सिगंर, कर्ण विरह, महेश दाहाल, मुक्तिनाथ शर्मा, कैलाश पाण्डे, सुजन हाङ, राजकुमार तिम्सिना,मिलन बान्तवा अादि अतिथि कविहरु अनि विकाश आले, जीवन लिवाङ,कमल भट्टराई, सुरेन सुब्बा, अवशेष काम्बाङ्ग, गोबिन सुब्बा, छोतेन सेर्पा, सुबास ठकुरी आदि क्षेत्रीय कविहरुले कविता पाठ गरे| प्रमिखअतिथिको पक्षबाट बोल्दै कवि मिलन बान्तवाले सर्जक किरण नाम्साङलाई कविता सग्रह प्रकाशन र कवि शरण मुस्कानमा युवा अकादमीद्वारा पुरस्कृत भएकोमा वधाई दिएभने उनले आज पठित कविताहरुले  जातीय चेतना र उन्मुक्तिका कुराहरू प्रखर रूपमा बोकेको हुदाँ सर्जकरू सधैँ यस विषय चिन्तित र गम्भीर रहेको कविताहरुबाट थाहा भएको बताए| 

त्यसरीनै अर्का अतिथि लेखक एमसी राई र कार्यक्रम अध्यक्ष सुन्दर गुरूङले यस प्रकारको कार्यक्रहरूले लोकको हित अथवा  समाजमा सकारात्मक सोचहरुको विकाश भएर जाने कुरामा जोर दिदैँ कवि किरण नाम्साङ र कवि शरण मुस्कान दुवैलाई वधाई टक्राए|प्रकाशनको पक्षबाट रामाचन्द्र काम्बङले युवा कविहरुलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्न यस्ता सशक्त कृतिहरुलाई प्रकाशन गर्दै जाने अनि यस प्रकाशित कृतिमाथि पनि स्वस्थ्य सुझाव र  समालोचनाहरु राखिदिने आग्रह गरे| कमल भट्टराईले संचालन  गरेको कार्यक्रममा सुरेन सुब्बाले स्वागत अनि आरती ठकुरीले धन्यवाद ग्यापन राखेका थिए भने कार्यक्रमा धेरै मात्रामा साहित्य अनुरागीहरु प्रतिभा प्रेरणा परिषद , मङ्पू, दार्जीिलङ, रेलिङ बिजनबारी, रिम्बीक आदि ठाउँबाट उपस्थिति रहेका थिए|



No comments

Powered by Blogger.