Header Ads

विशेष आलेख : भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती हुनका लागि किन बढ्यो नेपाली युवाको आकर्षण ? पढ्नुहोस


आकाश बासकोटा
काठमांडू : नेपाली युवाहरुको भारतीय सेनाप्रतिको मोह अझै पनि कायमै छ । भारतीय सेनाको गोरखा रेजिमेन्टमा भर्ती हुनका नेपाली युवाहरु निकै ठूलो संघर्ष गर्ने गर्दछन । बेला बेलामा भारतीय सेनामा भर्ना गर्नका लागि नेपालका बिभिन्न स्थानमा खुलेका भर्ती केन्द्रहरुमा देशको मेरुदण्ड मानिने युवा शक्तिहरुको तछाड मछाड हुने गर्दछ । बेरोजगारीको समस्याले पिल्सीएका नेपाली युवाहरु रोजगारीको लागि आफनो देशमा कुनै उपाए नदेखेपछि भारत र अन्य तेश्रो मुलुक ताक्ने गर्छन । बेरोजगारको समस्यामा भारत र तेश्रो मुलुक मजदुरी गर्न जाने नेपालीहरुको त आफनो पिडा छदैंछ तर भर्खरै केहि गर्ने उमेर भएका युवाहरुमा पनि रोजागरीका लागि भारत अथवा तेश्रो मुलुकनै रोजाईमा पर्ने गरेको छ । तर बलिया युवाहरुको भारतिय सेना प्रतिको मोह पनि कम छैन नेपालमा । नेपाली सेना ससस्त्र प्रहरी र नेपाल प्रहरीमा पनि आफनो भबिष्य नदेखेका नेपाली युवाहरु भारतले नेपालका बिभिन्न स्थानहरुमा खोल्ने गरेको भर्ति केन्द्रहरुमा लाइन लाग्ने गर्दछन ।

देशको मेरुदण्ड मानिने युवाहरुको यो जमात भारतिय सेनामा भर्ति हुने सपना बोकेर देशका कुनाकुनाबाट अहिले नेपालगन्जमा भेला भएका छन । देशमा एकातिर बेरोजगारीको समस्या अनि अर्कातिर सरकारी जागिर खानका लागि पनि ठुलै सोर्स र थुप्रै पैसा खर्च गर्नुपर्ने समस्याले पिरोलिएका नेपाली युवाहरु भारतिय सेनामा भर्ती हुने रहरले आएको बताउँछन ।

नेपालमा रहेको नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीमा जागिर खाने रहर भएपनि त्यसका लागि कुनै नेताको चाकडी नगरेसम्म सफल हुन नसक्ने गुनासो छ युवाहरुको । तै पनि भारतीय सैनिकमा भर्ति हुने मोहले भने छाडेको छैन नेपाली युवाहरुलाई । कतिपयले भारतीय सेनामै भर्ती हुने सानैदेखिको ईच्छा र नेपालको तुलनामा भारतीय सेनामा पाइने सेवा सुबिधा र रुपैया पनि अली बढी पाइने भएकोले पनि भारतीय सैनिकतिर आर्कषित भएको बताउँछन ।

सुदूरपश्चिमको महाकालीदेखि पश्चिमाञ्चलको लुम्बिनी अञ्चल सम्मका झण्डै १० हजार युवाहरुले भारतिय सेनामा भर्ती हुनका लागि आबेदन दिएका थिए । तर नेपालगन्ज केन्द्रबाट भारतीय सेनाको गोरखा रेजिमेन्टका लागि ५०० जना युवाहरु मात्र पहिलो चरणको छनोटमा परि स्वास्थ्य परिक्षणका लागी भारतको गोरखपुर लागेका छन् ।

भारतीय सेनामा यति धेरै युवाहरुको आक्रषण हुनुको मुख्य कारण नेपालमा बेरोजगारीको समस्या रोजगारको ग्यारेन्टी नहुनु र नेपाली सेना र प्रहरीको तुलनामा भारतीय सेनामा तलब भत्ता र सुबिधा पनि बढि हुने भएकोले युवाहरुमा भारतीय सेनाको मोह बढेको भारतीय भुतपूर्व सैनिक भीम रानाको भनाई छ ।

गोर्खाली सेनाको इतिहास फर्काएर हेर्दा गोर्खा राइफल्सको विश्व युद्ध देखि लिएर बेलायत र भारतको सेनाको अग्रपंक्तिमा गोरखा रेजिमेन्टको नाम आउने गर्दछ । वर्षेनी देशका बिभिन्न स्थाममा आउने टुरमा भारतीय सेनामा नेपाली युवाहरु भर्ना हुनका लागी आउने गर्दछन । भर्ति टोलीको छनौट क्याम्पका प्रमुख ब्रिगेडियर एम.के. सगोस भारतीय सेनामा गोर्खा सैनिकको योगदान निकै नै सराहनीय भएको बताउछन् ।

नेपालको मुख्य शक्तिको रुपमा लिईने युवा शक्ति भारतिय या अन्य मुलुकका सेनाको नाममा होस वा रोजगारीको नाममा दिनदिनै यसरी बिदेशिने क्रम चलिरहदा पनि युवाहरुलाई लक्षित गरेर नेपाल सरकारले त्यस्ता कुनै प्रकारका कार्यक्रमहरु शुरु गर्न सकेको छैन । राज्यले त केही गरेन । त्यस बाहेक हरेक आन्दोलनमा ढुंगा मुढा र लाठि भिराएर लडन पठाउने राजनैतिक दलहरुले पनि युवाहरुलाई प्रयोग गर्न बाहेक अरु केहि पनि जानेन । युवाहरुको दिनदिनै बिदेश प्रतिको मोह बढदै जाने हो भने भोलिका दिनमा नेपालमा युवाहरुको जमातलाई खोजेर पनि नपाईने स्थिति सृजना खडा नहोला पनि भन्न सकिन्न । त्यसमाथि पनि नेपाली युवाहरुका लागि भारतिय सैनिक सिंगापुर पुलिस र ब्रिटिस आर्मि जस्ता बिदेशि सैनिक भर्ति केन्द्रहरुले कहिले सम्म नेपालका युवाहरुलाई रोजगारको ग्यारेन्टी दिन सक्छन । यस तर्फ नेपालको सरकार नेपालको ध्यान जान जरुरी छ ।

Powered by Blogger.