Header Ads

कालेबुङ जिल्ला अन्तर्गत गोर्खा संयुक्त मुक्ति मोर्चा (गल्फ) को २१ जना सदस्यको कमेटी गठन


पुरण गिरी
कालेबुङ : गत २७ सेक्टेम्बर २०१७ को दिन कालेबुङ जिल्ला अन्तगर्त कमल भट्टराई अनि रिसिका छेत्रीको अगुवाईमा गोर्खा संयुक्त मुक्ति मोर्चा (गल्फ) नयाँ राजनीतिक दलको गठन गरिएको थियो भने आज फेरी पार्टी द्वारा कालेबुङमा पत्रकारसम्मेलन डाकी २१ जना सदस्यहरुको कमिटी गठन गरियो। पार्टीको सदस्यहरू मझ प्रदीप तामाङलाई दलको कोअर्डिनेटर नियुक्त गरिएको छ। कोअर्डिनेटर प्रदीप तामाङ पत्रकारहरू सङ्ग कुराकानी गर्दै भने गोर्खा जातिको गरिमा,पहिचान अथवा अस्तित्व बोक्ने गोर्खा भू-भागलाई पश्चिम बंगालको पन्जाबाट मुक्त गराउन भनी कटिबद्धताको करारसंगै गणतान्त्रिक प्रणालीमा बौद्धिक लडाई लडन एवम् कागजपत्रको हतियारलाई साथमा केवल गोर्खाल्याण्डको मुद्दा लिएर हामी आएको छौ। उनले आझ भने आब कहि दिन भित्र दार्जिलिङ,खरसाङ,मिरिक,सुखिया पोखरी अनि तराई-डुवर्समा पनि कमिटीहरू गठन गरिने छ।

Powered by Blogger.