Header Ads

गोर्खाल्याण्डको मांग गर्दै गुरूबथानमामा मोर्चा समर्थकहरुको बिराट जुलुस सम्पन्न, PHOTOS



पुरण गिरी
गुरूबथान : गोर्खाल्याण्ड मांगको लागि अधि आएको कालेबुङमा क्षेत्र अन्तर्गत ४४ नम्बर समष्टि गुरूबथानमा आज बिराट जुलुस सम्पन्न भएको थियो। आजको जुलुस सोम्बारे बजार बाट सुरु गरेर पानडाढा पुगेर फेरि सोम्बारे बजार नै आइ पथसभामा परीणत भएको थियो।जुलुसमा गोर्खाल्याण्ड समर्थनहरूले जम्मेर नाराबाजी गरेको थियो। आज गोर्खाल्याण्ड आन्दोलनको लागि सुरुभएको अनिश्चितकालिन बन्दले ८८ दिन टेक्दा पनि केन्द्र र राज्य सरकार चुपचाप बसिरहेको मोर्चाको कार्यकर्ता जुरन राईले बताए। उनले भने गुरूबथानमाको जनताको सधैं झै आज पनि जोश र जाँगरमा नै गोर्खाल्याण्ड आन्दोलनको लागि लड़ढी रहेको छ।जब सम्म गोर्खाल्याण्ड हुदैन तब सम्म यो गोर्खाल्याण्डको आन्दोलन चलिरहने बताए।






Powered by Blogger.