Header Ads

गोर्खाल्याण्डको मांग गर्दै कागेमा बिराट जुलुस अनि जनसभा साथै बिनय तामाङ र अनित थापाको बिरोध प्रदर्शन गरे



पुरण गिरी
कालेबुङ/कागे : अनिश्चितकालिन बन्दले आज ८८औं दिन टेक्यो भने गोर्खाल्याण्डको मांग साथै विनय तामाङ र अनित थापालाई बिरोद जनाउदै कालेबुङमा क्षेत्र अन्तर्गत लाभा-लिङ्से ३८ नम्बर समष्टि कागेमा आज बिराट जुलुस अनि जनसभा सम्पन्न भएको थियो।उक्त जुलुस कागे-गेन्दुङबाट सुरू गरेर (कागे हाई सेकेन्डरी स्कूल) बङला डाँडा कम्युनिटी हलमा आएर जनसभामा परिणत भएको थियो।
जनसभामा उपस्थित क्रमैले गोर्खा जनमुक्ति मोर्चा ३७ नम्बर समष्टि कोअर्डिनेटर गोपाल रूचाल,कालेबुङ जिल्ला मोर्चा सचिव रितुकुमार चाम्लिङ,३८ नम्बर समष्टि युवा मोर्चा अध्यक्ष सुमन गुरूङ साथै एक हजार भन्दा ज्यादा मोर्चा समर्थकहरू भेला भएको थियो।

जनसभालाई सम्बोधन गर्दै ३७ नम्बर समष्टि कोअर्डिनेटर गोपाल रूचालले भने अहिले घडी चलिरहेको गोर्खाल्याण्ड आन्दोलनमा सबै एक जुट भएर अघि आउनु पर्छ। बङ्गाल सरकारले जुन कालो नीति र बन्द प्रति बाधा हाल्ने कोशिस गरीरहेको छ यसमा हामी कठोर बिरोध जनाउदछौ।बङ्गाल सरकारले गोर्खाल्याण्ड  दिए पनि नदिए पनि हामी माग गोर्खाल्याण्ड सडकबाट केन्द्र सरकार सम्म पुगिसकेको छ। उनले आझ भने गोर्खाल्याण्ड प्रप्त केवल वार्ताले मात्र हुन्छ।यसरीनै सभालाई कालेबुङ जिल्ला मोर्चा सचिव रितुकुमार चाम्लिङ अनि ३८ नम्बर समष्टि युवामोर्चा अध्यक्ष सुमन गुरूङ सम्बोधन गरेको थियो।




Powered by Blogger.