Header Ads

पानीघट्टा : नोलडाडामा पुलिसको छापामारी नौवटा घर तथा तीनवटा गाडी तोडफोड



पानीघट्टा : बिहीबार राती करीब साढे बाह्र बजे नोलडाँडामा पुलिसले छापा मार्ने क्रममा नौवटा घरहरू र तीनवटा गाडीहरू तोडफोड गरिएको घटना प्रकाशमा आएको छ। स्मरण रहोस गोर्खाल्याण्डको निम्ति जारी बन्दमा बिबिध क्रियाकलापमा सौरेनी समष्टिका महासचिव पुर्णसिहं राई र उनले समुह संलग्न रहेको अभियोगमा यसअघि पनि उनीहरूलाई पक्राउ गर्न पुलिसले छापा मारि सकेको छ। बिहीबार दिउँसो मञ्जु फाटक दश नम्बरमा एउटा वाहन तोडफोड गरिएको घटनामा संलग्न रहेको अभियोगमा पुनः पुलिसले बिहीबार राती नोलडाँडामा छापा मारेको सुत्र मार्फत थाहा लागेको छ ।यस घटनाबारे गोजमुमो सौरेनी समष्टिका महासचिव पूर्णसिंह राईले दिएको जानकारी अनुसार राती पुलिसले नोलडाँडामा छापा मारेर यहाँको जनतालाई आतंकित पार्दै आफ्नो सँगै अन्य नौजनाको घरहरू तोडफोड गरेको अभियोग लगाउँदै घरको खिडकी दैलोको ऐनाहरू फुटाउँदै टिभी लगायत आवश्यक चीजहरू भुईभरि फ्याकिदिएको बताएका छन् ।

उनले पुलिसको काम आम जनतालाई सुरक्षा दिने हो तर आतंकित पार्ने होइन भन्दै हाल बंगाल पुलिसले गुण्डागर्दी गरिरहेको आरोप लगाएका छन् ।उनले पुलिसले यसरी घरहरू तोडे पनि नोलडाँडावासीको मनमा बसेको गोर्खाल्याण्डको मायाँ र एकतालाई कदापि तोडन नसक्ने बताएका छन।यसरी आधा रातमा गाउँमा आएर सबैलाई आतंकित बनाउँदैमा गोर्खाल्याण्डको आवाज कदापि नदबिने बताउँदै यो जनआन्दोलन अझ सक्रिय रूपमा अघि बढने बताएका छन् ।उनले हामी गणतन्त्रमा विश्वास गर्छौ हिंसा आतंक र बमकाण्डको हामी घोर बिरोध गर्छौ भन्दै बिमल गुरूङले गोर्खाल्याण्डको निम्ति रोजेको गणतान्त्रिक गान्धीवादी मार्गमा हिडेर नै लक्ष्यमा पुग्ने हाम्रो धृढ विश्वास छ भन्दै बंगालले गोर्खाहरूको चिन्हारीको मांगलाई जति नै दमन गरे तापनि बिमल गुरूङकै नेतृत्वमा गोर्खाल्याण्ड राज्यको गठन हुने दाबी समेत गरे ।

मोर्चा नोलडाँडा शाखा सचिव अंजीत तामाङ र साङ्गे मोक्तानले पनि यो आन्दोलन गणतान्त्रिक रूपमा अघि बढिरहेको तर बंगाल प्रशासनले यसलाई हिंसात्मक बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै आन्दोलनले अर्कै रूप लिए पनि आफुहरू पछि नहटने बताए।सामुहिक एकतामा नै गोर्खाल्याण्ड राज्यको निर्माण हुने बताउँदै द्वयले एक दुइ जना ब्रिक्री हुँदैमा आन्दोलन नदबिने दाबी गरे ।




Powered by Blogger.