Header Ads

गोजमुमो अध्यक्षको गोर्खाल्याण्ड राज्य बनाउने तथा पहाड़मा सुशासन ल्याउने क्षमता छैन, यो कटु सत्य हो : अनित थापा


वीर गोरखा वेब टीवी
खरसांग : मोर्चाको बागी नेता अनित थापाले आरोप लगाउँदै भनेको छ कि प्रेस विज्ञप्ति प्रेस इन्फर्मेशन व्यूरोमार्फत केन्द्रिय गृह मन्त्रालयबाट एक प्रेस विज्ञप्ति जारी गरिएको छ जसमा 105 दिनदेखि लगातार चलिरहेको बन्द फिर्ता लिइदिने अनुरोध गोजमुमो अध्यक्ष विमल गुरूङसमक्ष गरिएको उल्लेख गरिएको छ। उक्त प्रेस विज्ञप्तिमा गोर्खाल्याण्डको विषय़मा कुनै उल्लेख गरिएको छैन भने पहाड़को समस्यालाई लिएर आधिकारीकरूपमा सचिवस्तरीय त्रिपक्षीय बैठकको चाँजो मिलाउने निर्देश गृह-सचिवलाई दिएको उल्लेख गर्दै यसैकारण गोजमुमो अध्यक्ष विमल गुरूङलाई पहाड़मा शान्ति स्थापना गर्ने अनुरोध गर्दै बन्द फिर्ता लिने अनुरोध गृह मन्त्रालयको तर्फबाट गरिएको विज्ञप्तिमा भनिएको छ।

गत केही दिनदेखि गोजमुमो अध्यक्षले आगामी 27 सेप्टेम्बरभित्रमा शुभ केन्द्र सरकारबाट शुभ खबर आउने दावी गर्दै आइरहेका थिए भने उनले भनेको शुभ खबर यही बन्द फिर्ता लिने केन्द्रको अनुरोध हो भन्ने बुझिन्छ। तर विगत 2 दिनदेखि नै पहाड़ स्वाभाविक बनिसकेको छ। अधिकाशं दोकानपाटहरू खुल्ला भइसकेको छ, यातायात सुचारू हुँदा गइरहेको छ भने विद्यालयहरू पनि खोलिन शुरू भइसकेको छ। यसबाहेक बन्दको शुरूआतदेखि नै ठप्प रहेको इन्टरनेट व्यवस्था पनि सुचारी भइसकेको छ। पहाड़को ब्याङ्क, सरकारी- गैर- सरकारी कार्यालयहरू पनि खोलिसकेको छ। पहाड़को जनता स्वयंले पहाड़मा शान्ति स्थापना गरिसकेपछि केन्द्र सरकारद्वारा सार्वजनिक गरिएको उक्त विज्ञप्तिको कुनै औचित्य रहदैन। यो त गोजमुमो अध्यक्षको लाज ढाक्ने रणनीतिमात्रै हो। किनभने गत 13 अगस्त 2017 को दिन पनि गृह मन्त्रालयको तर्फबाट यही  विज्ञप्ति जारी गरिएको थियो। त्यसबेला बन्द खोलिएन केवल आमरण अनशनमात्रै फिर्ता लिइयो। तब यसपल्ट त्यही आश्वासन दिदाँ बन्द फिर्ता लिने ढोगं गरिदैछ।

गोर्खाल्याण्डको आन्दोलन वार्ताले मात्रै सफल हुन्छ भन्दा विनय तामाङ अनि अनित थापालाई तारो बनाइयो भने बन्द फिर्ता गर्ने निर्णयको समेत विरोध गरेर हामीलाई पार्टीबाट निष्काषित गरिने कोशिष गरियो।  तर आज फेरि उनीहरूले नै गोर्खाल्याण्डको नाम समेत उच्चारण नगरी  सचिवस्तरको वार्ता गरिने आश्वासनमात्रै दिँदामात्रै पनि शुभ सन्देश भनिरहेका छन्। यसैले गोजमुमो अध्यक्षको राजनैतिक अदूरदर्शिता अनि कमजोरी स्पष्ट पार्दछ। हामीले वर्तमानमा राज्य अनि केन्द्र दुवैसित तालमेल राखेर त्रिपक्षीय वार्ताको ढोका खुल्ला बनाइसकेका छौं। यो कुरा बुझिसकेपछि आफ्नो कमजोरीलाई ढाकछोप गर्न गोजमुमो अध्यक्षले यो पदक्षेप लिएका हुन्। तर अब जनताले  उनीहरूलाई फेरि फेरि पहाड़लाई अशान्त बनाएर यहाँको शिक्षा, पर्यटन, व्यवसाय तथा अन्य आधारभूत कुराहरू तहस-नहस पार्नु दिनु हुँदैन। घरिघरि असफल आन्दोलन गरेर जनतालाई मर्कामा पार्नु दिनु हुँदैन। यो कटु सत्य हो कि गोजमुमो अध्यक्षको गोर्खाल्याण्ड राज्य बनाउने तथा पहाड़मा सुशासन ल्याउने क्षमता छैन। घरि हिसाँत्मक आन्दोलन, घरि नाटकीय तौरमा आन्दोलनको भाका फेरेर गोर्खाल्याण्ड सम्भव छैन। जंगलमा बसेर गोली बारूदको कुरा गरेर, निर्दोष जनतालाई बलि चड़ाएर गोर्खाल्याण्ड गठन हुँदैन। यसको निम्ति राज्य अनि केन्द्र दुवैसित गणतान्त्रिक पद्धतिमा टेबलमा बहस गरिनुपर्छ। कुटनैतिक, राजनैतिक रणनीतिहरू बनाइनुपर्छ।

2007 देखि यता विमल गुरूङको अगुवाईमा गरिएको आन्दोलन हरेकपल्ट नै असफल भयो। आन्दोलनको नाममा प्रत्येकपल्ट  जनताले नै मर्का खप्नुपरयो। गोजमुमोभित्र रहेका कतिपय बुद्धिजीवीहरूले बनाएको रणनीतिलाई लात हानेर गोजमुमो अध्यक्षले जहिल्यै पनि ढुङ्गा हान्ने, दगां- फसाद गर्ने तथा हिसाँत्मक धम्की- गाली गर्नेहरूको कुरा सुनेर  आन्दोलन बिगारे, जनतालाई दुःख दिए। यसैले नै बुद्धिजीवीहरू गोजमुमोबाट अलग भइसकेका छन्। अब गोजमुमो अध्यक्षसित राज्य अनि केन्द्रसित बौद्धिक राजनैतिक अनि कुटनैतिकरूपमा लड़्ने बुद्धिजीवीहरू एकैजना पनि छैनन्। उनीसित अब  ढुगाँ हान्ने, तोड़फोड़ गर्ने मुखमा पट्टी बाँधेर लुटपाट तथा आगजनी गर्ने गुण्डाहरूमात्रै छन्। जोसित बसेर उनले गोर्खाल्याण्ड ल्याउने होइन तर जनतालाई दुःख दिने तथा सारा गोर्खाहरूलाई बदनाम बनाउने काममात्रै गरिरहेका छन्। यसर्थ जतिसक्दो चाड़ो जनताले यो कुरा बुझ्नुपर्नेछ।

गोर्खाल्याण्डको नारा लगाएर सांसद बनेका सासंदले गोर्खाल्याण्डको मागमा गत 3 महीनाभित्र 11 जना शहीद भइसक्दासमेत गोर्खाल्याण्डको पक्षमा एक शब्द बोलेका छैनन्। सांसद बनिसकेपछि दार्जीलिङमै घर बनाएर पहाड़को जनता अनि गोर्खाल्याण्डको निम्ति काम गर्नेछु भन्ने सांसदको नाममा थानामा मिसिङ रिपोर्ट लेखाउनुपर्ने स्थिति रहेको छ।  

Powered by Blogger.