Header Ads

दार्जीलिङलार्इ बंगालबाट मुक्ति दिलाउन सिक्किम लिबरेशन पार्टी नेतृत्व दिन तयार : डीएन नेपाल



प्रबीन खालिंग
गान्तोक । दार्जीलिङका सबै राजनैतिक दलहरू र विशेष रूपमा दार्जीलिङ जनता यदि एकै ठाउॅंमा आउॅंछन् र दार्जीलिङलाई पश्चिब बंगालबाट मु​क्ति दिलाउने मुद्दालाई समर्थन गर्छन् भने सिक्किम लिबरेशन पार्टी (एसएलपी) ले यो अभियानलाई नेतृत्व प्रदान गर्न तयार रहेको प्रतिबद्धता एसएलपीका चेयरमेन डूकनाथ नेपालले व्यक्त गरेका छन्। नेपाल आज मंगलबार राजधानी गान्तोकमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै थिए। उनले नेपाली भाषालाई मान्यता दिलाउन देशभरिबाट नेपाली भाषीहरूले आवाज उठाएको भए पनि यो मुद्दालाई पार लगाउन सिक्किम राज्यले नेतृत्व प्रदान गरेर निर्णायक भूमिका निर्वाह गरेको उनले बताए। सोही प्रकारले दार्जीलिङलाई पश्चिम बंगालबाट मुक्ति दिलाउन पनि सिक्किमको तर्फबाट एसएलपी नेतृत्व दिन तयार रहेको उनले बताए। यसको निम्ति सबैभन्दा पहिला दार्जीलिङका जनता जाग्नुपर्ने कुरामा नेपालले जोर दिए। उनले दार्जीलिङका जनता जागेको खण्डमा सिक्किमका जनतालाई बुझाउन त्यति गारो नपर्ने मनतव्य प्रकट गरे। यो मुद्दा पहिले किन उठाइएन भन्ने सन्दर्भमा स्पष्टिकरण दिॅंदै नेपालले भने,'पहिले समय अनुकूल थिएन। आज चारैतिरबाट समय अनुकूल बनेर आएको छ। केन्द्रमा सा—साना राज्यहरूलाई समर्थन गर्ने भाजपाको सरकार छ र सशक्त निर्णय लिन सक्ने सक्षम नेता छन्।

 वर्तमान पश्चिम बंगाल सरकार र केन्द्रबीच सारै राम्रो सम्बन्ध छैन'। उनले अझ् भने,'पश्चिम बंगालमा सत्तारूढ तृणमूल कांग्रेसलगायत अन्य ठूलो जनाधार भएका पार्टीहरूले कनैया कुमारलाई खुलेआम समर्थन गरिरहेका छन् जसले कश्मीरको आजादीको माग गरिरहेका छन्। कश्मीरलाई भारतबाट आजादीको माग गर्ने व्यक्तिलाई समर्थन गर्नेहरूले बंगालबाट दार्जीलिङले मुक्तिको कुरा गर्दा विछिन्नतावादीको आरोप लगाइन्छ। बंगाल सरकारको यो दुईमुखे नीति विरूद्ध आक्रमण गर्ने सही समय आइपुगेको एसएलपी अध्यक्ष नेपालले बताए। उनले दार्जीलिङ समक्ष बंगालबाट मुक्तिको निम्ति तीनवटा मार्ग रहेको बताउॅंदै कोलकाताले यो मागलाई समर्थन नगर्ने र दिल्ली धेरै टाडामा रहेको हुँदा एउटै अनि अन्तिम मार्ग सिक्किम रहेको बताए। सन् 1986 मा बंगाल सरकारले दार्जीलिङ सिक्किमको भूभाग हो भनेर श्वेत पत्र जारी गरिसकेको बताउॅंदै सिक्किमका राजा पाल्देन थेन्डुप नामग्यालले पनि भारत सरकार समक्ष दार्जीलिङ फर्काइ दिने माग गरिसकेको उनले जानकारी दिए।


Powered by Blogger.