Header Ads

दुई लाख भन्दा बेसी मानिसहरुको बसोबास रहेको समस्यै समस्याले ग्रसित बिजनबारी खण्ड


सन्जय निरोला
२३ वटा ग्राम पन्चायत पाँच वटा समष्टि लगभग दुई लाख भन्दा बेसी मानिसहरुको बसोबास रहेको बनबस्ती तथा चियाकमानले भरिएको तथा रास्टिय तथा अन्तरास्ट्रिय सिमानाले जोडिएको राज्यकै सबैभन्दा ठुलो खण्ड बिजनबारी खण्ड समस्याको अर्को नाम भन्दा दुईमत नहोला। यहाँको सबै सरकारी निकायहरु अर्धनो रहेको छ भने विभिन्न ठाउहरुलाई जोड्ने मार्गहरु केवल नामको मात्रै छन। बिजनवारी  बजारदेखि नजिकै रहेको सरकारी अस्पताल बिजनवारि ग्रामीण अस्पताल केवल नामको मात्रै रहेको छ भने यहाँको सुबिधा साधरण स्वास्थ चौकीको मात्रै रहेको छ भने यहा बिरलै मात्रमा विशेषज्ञ डाक्टर रहेका छन सानोभन्दा सानो रोगको निम्ति पनि मानिसहरु दार्जिलिङ नै निर्भर रहनु पर्नुपर्ने बाद्य छन अर्कोतिर जन्मदेखि मृत्युसम्मको निम्ति अनिवार्य रूपमा चाहिने ब्याकको आवस्था यस्तै छ।

केवल एउटा ठुलो कारवार गर्ने स्टेट ब्याकको शाखाले न त मानिसहरुको चापलाई धान्न सक्छ न शाखा बिस्तारको निम्ति पहल नै गर्दछ लोधोमा अर्को शाखा भएपनि केवल यसै क्षेत्रमा सिमित छ सहकारी सस्थाको मिनी ब्याकले ग्राहकको आकाक्ष पुरा गर्न सक्ने देखिन्न यसरी नै शिक्षाको दृस्ठिकोणमा पनि बिजनवारि पछौटे नै देखिन्छ खण्डभरीमा केवल एक महाबिद्यालय छ। जहाँ केवल कला(आर्ट्स) बिषयमा जेनेरल मात्रै पदाइ हुने गर्दछभने यसमा पनि सबै बिषयमा नियुक्ति शिक्षकहरु छैनन् भने मुस्किलले सबैगरि ५ वटा स्वीकृतप्राप्त उच्चतर माद्यामिक बिद्यालयहरु रहेका छन भने अधिकाश विद्यार्थीहरु बाहिर नै निर्भर छन शिक्षाको निम्ति यसरी नै मानिसहरुको जीवनरेखा मानिने बाटोको आवस्था सोचेर चालक सुते निद्रामा पनि धताउने गर्दछ।

विभिन्न गाउँबाट बिजनबारीलाई जोडने बाटोहरु अधिकाश हिउदे छन भने निर्माण भएको बाटो पनि आँखामा छारो हाल्ने भनेजस्तै छ अर्थात निर्माण पुरा नभई बनाउने र भत्किने क्रममा होडबाजी नै चलेको छ भने बिजनबारीलाई जोरथाङसग जोडिएको बाटोमा त झन बर्खामा रोपाइँ सरह पानी रहन्छ गत केहि बर्षदेखि निर्माण थालेको उक्त बाटो त बनाएको हो कि भत्काएको हो चिन्नै गार्‍हो छ अर्को बिजनबारीबाट  पुलबजार हुँदै चुङ्थुङ भएर घुम हुँदै दार्जिलिङ जोडिएको बाटोको आवस्था केहि छोडेर जिर्न रहेको छ भने आशामा नै मानीसहरु धेरै बर्ष काटिसकेका छन बाटोको आवस्था हेर्दा दर्दनिय छ भने बैकल्पिक बाटो जामुने भएर हिड्ने टकभरको अधिकाश भागबाहेक जामुनेसम्म गम्भीर नै छ। यसरी नै रिम्बिक लोधोमा समष्टिलाई जोडने मार्ग कैजले देखि लोधोमासम्म त झन गोर्खा पार्बतीय  परिषदकै समयमा निर्माण भएको जो हालसम्म जिर्न आवस्थामा पुगेको छ भने लोधोमा खोलामा बन्न लागेको पुलले लामो प्रतीक्षा गराइरहेको छ मानिसहरुलाई।

यी सबै हुनमा कसको हात अस्पताल केवल निमुखा जनताको निम्ति मात्रै हो कि शिक्षामा यसरी किन लापरबाही भएको होला बाटोको आवस्थाको बारेमा सरकारी माथिल्लो निकाय आजसम्म जानकारीमा छैनन् सरकारका उच्च ओहोदामा बस्नेहरुले यहाँको बाटो हिडेका छैनन् ब्याकको चाप स्थानीय नेताहरुले भोगेका छैनन् स्थानीय बुद्दिजिबीहरु यस बिषयमा गम्भीरताले लिएका छैनन्? सबैको मनमा खटकिएको प्रश्नहरु भए पनि सबै मौनतामा नै छन क्षेत्रीय रूपमा नेतृत्व गर्ने तथा मनोनीत सबै नेताहरु केवल एक अर्कोको दोषारोपन गर्नुको सट्टा सबै बाच्ने आफ्नो ठाउको समग्र बिकासमा दिलोज्यान नदिए अझै ठुलो सकट नहोला भन्न सकिन्न।
 

Powered by Blogger.