Header Ads

गोर्खाहरूलाई STको दर्जा दिन कमिटिकी प्रमुख मोइनीले आसाम भ्रमण गर्ने


वन्दना राई 
गुवाहाटी/नयाँ दिल्ली : गोर्खाहरूलाई जनजातिको दर्जा दिन केन्द्र सरकारद्वारा गठन गरिएको बिष्णु मोइनीकमिटिकी प्रमुख,श्रीमती बिष्णु मोइनीले चाँढै आसाम भ्रमणगर्ने भएकीछिन्। यो कुरा भारतमा गोर्खा सांसद, आरपी शर्मा, तेजपुर, आसामले दिल्लीमा पत्रकार, बन्दना राईसङ्गको एउटा भेटवार्तामा भन्नु भएको छ। केन्द्र सरकारद्वारा पश्चिम बङ्गाल र सिक्किम गरी आजसम्म पहिलाबाटै  अनुसूचित जाति र अनुसूचित जनजातिकोअधिकार प्राप्तगरिसकेका गोर्खाहरूबाहेक सिक्किम,दार्जीलिङ्ग अनि अरू राज्यहरूमा बसोवासगरिरहेका अरू एघाह्रवटाजातगोष्ठीहरू,गुरूङ्ग,मङ्गर,नेवार, जोगी, खस,राई, सुनुवार, भुजेल, थामी, याखा (देवान) र धिमाललाई केन्द्र सरकार द्वारा जनजातिको  दर्जा दिने प्रकृया चलिरहेको छ। वास्तवमा  यससम्बन्धमा  गृह मन्त्रालयको प्रयासमा 2016 को 2 अप्रेलकै दिन जनजाति मन्त्रालयका संयुक्त सचिव तथा राष्ट्रिय जनजाति आयोगका प्रमुख, अशोक पाईको नेतृत्वमा गोर्खाहरूलाई जन जातिको दर्जा दिने प्रकृया पूरा गर्न अनुसन्धान कमिटिको गठन गरिएको थियो। तर अनुसन्धान प्रकृया पूरागर्न नपाई अशोक पाईको स्थानन्तरण अर्को विभागमा भयो। 

त्यसपछि  यो अनुसन्धान प्रकृया पूरा गर्न   श्रीमती विष्णु मोइनीको  नेतृत्वमा नयाँ अनुसन्धान कमिटिको गठन गरियो। यस प्रसङ्गमा श्रीमती विष्णु मोइनीको टोलीले सिक्किम भ्रमण गरयो, त्यतिखेर जीटीएप्रमुख बिमल गुरूङ्गले श्रीमती विष्णु मोइनी लाई विशेष अनुरोध गरेर दार्जीलिङ्गको भ्रमण गराएका हुन् ।  उता हिमाचल प्रदेशका मुख्य मन्त्री, वीरभद्र सिंहले केन्द्रिय जनजाति मन्त्री, जोएल ओराऊँलाई एउटा पत्रको माध्यमद्वारा हिमाचल र उत्तरान्चलका गोर्खाहरूलाई जनजातिको दर्जा दिया जाओस् भनी अनुरोध गरेका छन्। गोर्खा सांसद, आरपी शर्माले आसामको सन्दर्भमा अगाडि भन्नु भएको छ, मुख्य मन्त्री, सर्बनन्द सोनोवालको नेतृत्वमा आसामका मोरान, मोट्टोक, ताइअहोम अनि राजवंशीलाई जनजातिको  दर्जा दिलाउन वितेको सोह्र वर्षबाट प्रयास गरिरहेका छन्। यस प्रसङ्गमा आसाम राज्यको गोर्खाहरूको तेह्र वटाजात गोष्ठीहरूलाई जन जातिको अधिकार दिलाउन सहयोग गरिरहेका छन् ।  

आसाम राज्यमा गोर्खाहरूको सङ्ख्या सत्ताइस लाख छ। जसले त्यहाँको पचास  प्रतिशत जमीन आफ्नो हातमा राखेका थिए।  तर विगत  समयमा अवैधरुपमा अनुप्रवेशकारी बङ्गलादेशीहरूको  कारण गोर्खाहरूको जमीन उनीहरूको हातमा गएको छ । यसरी अहिले गोर्खाहरू सङ्ग बीस प्रतिशत मात्र जमीन रहेको छ । अर्को कुरा आसाममा गोर्खाहरूलाई 19 68 बाट मात्र अन्य पछौटे वर्ग (ओबीसी) को सहुलियत दिइएको छ। त्यसो हुँदा एघाह्रवटा जातगोष्ठीहरू, गुरूङ्ग, मङ्गर, नेवार, जोगी, खस,राई, सुनुवार, भुजेल, थामी, याखा (देवान) र धिमाल लगायत आसाममा यस्तो  सहुलियतबाट  बन्चित तामाङ्ग र लिम्बूलाई  यही समयमा जन जातिको  दर्जा  दिलाउने  प्रयास सांसद,  शर्माले चलाइरहेको कुराको जानकारी गराउनु भएको छ।  यसरी गोर्खाहरूलाई जनजातिको  दर्जा दिलाउने  प्रयासलाई सशक्त पार्न सांसद शर्मा अनि जीटीए प्रमुख बिमल गुरूङ्गले खुबै मेहेनत गरिरहनु भएको छ । जसको लागि गोर्खामहासङ्घको स्थापना गरिएकोछ।  यसद्वारा यो मुद्दालाई अगाडिसार्न दार्जीलिङ्गमा चाँडैएउटा सङ्गोष्ठीको आयोजना गरिनेछ।  मुख्यमन्त्री, सर्बनन्द सोनोवाल स्वयम् आसामका पहिलो जनजातिका मुख्यमन्त्री हुनुहुन्छ। यसोहुँदा जनजातिको मुद्दामा मुख्यमन्त्री, सोनोवाल निकै सक्रिय हुनुहुन्छ ।

Powered by Blogger.