Header Ads

रेल मंत्री सुरेश प्रभु सित गोर्खा फाउनडेशनका प्रतिनिधि टोलीले चडाए ज्ञापन


नयाँ दिल्ली। नयाँ बर्षकोउपलक्ष्यमा मानननिय केन्द्रिय रेल मंत्री सुरेश प्रभाकर प्रभु सित गोर्खा फाउनडेशनका प्रतिनिधि टोलीले वहाँको कार्यलयमा भेटी बिगत दिन १८ मार्च २०१६ मा चडाएको ज्ञापन माथि खोजीनिधी गरे। वहाँलाई चडाएको ज्ञापन पत्रमा निम्न कुराहरु थिए

प्रथम : भारतीय गोर्खाहरुको शताब्दी पुरानो मांग छुट्टै राज्य गोर्खाल्यान्डलाई समर्थनको मांग।

दोस्रो : दार्जीलिङ हिमालयन रेलवेको तिनधारे स्तिथ रेल्वे वर्कसपको पूर्णरुप बिकाश गर्दै यस्को सठिक ढंगमा युनेस्कोको दिशानिर्देश अनुरुप रखरखव गर्नु र् यसमा गोर्खाहरुलाईनै रोजगार ब्वस्था गर्नु पर्छ ।

तेस्रो :  पहाड, तराइ एव डुवर्समा भएको सबै बुकिङ काउन्टरको पूर्ण बिस्तार र आधुनिकरण ।

चौथो : दिल्ली देखी पहाड, तराइ एव डुवर्सका सम्पूर्ण क्षेत्रलाई जोड्ने एक मात्र ट्रेन महानन्द पूर्ण बिस्तार साथ्-साथै यसको आधुनिकरण गरिनु पर्छ साथै बिशेष सुबिधाहरु यस क्षेत्रका यात्रीहरुलाई प्रदान गरिनु पर्छ । महानन्दको एउटा स्टोपेज बाग्राकोटमा पनि गरिनु पर्छ।

पाचौं : पुर्बोत्तर राज्य र दार्जीलिङ, तराइ एव डुवर्सका मानिषहरुलाई आफ्नो गन्तब्यमा पुराउने राजधानी एक्स्प्रेसलाई बिशेष गरेर पुर्बोत्तर राज्य र दार्जीलिङ, तराइ एव डुवर्सका यात्रीहरुको निम्ती सिट उप्लब्ध, अलग्गै कोटाको ब्वस्था हुनु पर्छ । दलालहरुको रगरगीले हाम्रो बासिन्दाहरुले सिट पाउन मुश्किल परेको छ।

छैटौं : रेल्वे बिभागमा गोर्खाहरुले पनि योग्यता अनुरुप रोजगार पाउनु पर्छ एव यसको छुट्टै प्रावधान हुनु पर्छ।

सातौं : दार्जीलिङ हिमालायन रेल्वेलाई रखरखाव गर्न संरक्षण गर्न रेल्वे मंत्रालयबाट छुट्टै आर्थिक कोषको ब्यवस्था हुनु पर्छ ।

आठौं : दार्जीलिङ हिमालयन रेल्वे विश्व धरोवरको मान्यता पाएता पनि यसको सठिक संरक्षण रखरखाव हुनु सकेको छैन,यसको मुल्याकंन  र हेरचाह गर्न छेत्रीयरुपमा बिभिन्न सामाजिक सगठन, बुद्धिजिवी, छेत्रीय प्रशासनलाई लिएर एउटा स्थायी समिती निर्माण गरिनु पर्छ। दार्जीलिङ हिमालयन रेल्वेले छेत्रीय रुपमा पर्यटनको आधार लिएर धेरै धेरै रोजगारको ब्व्यवस्था ल्याउन सक्षम छ। यसको सदुपयोग हुनु पर्छ । दार्जीलिङ हिमालयन रेल्वेको यसको सम्पत्ती इस्टिम इन्जिनहरु बिभिन्न क्षेत्रमा सजिएर बसेको छ, त्यस स्थानबाट झिकाएर पूर्णरुपमा दार्जीलिङ हिमालयन रेलेवेलाई दुरस्त पारी फर्काउनु पर्छ र यसको उपयोग यसकै भुमीमा पर्यटनको निम्ती हुनु पर्छ भनी मांग गरिएको छ। विश्वधरोबरलाई बचाउन सबै अघी आंउ। आजको भेटघाटमा यही कुरालाई पूर्णरुपमा दोहोराउदै मन्त्रीज्युलाई स्मरण गराइयो।  

जती पनि पहाड, तराइ र डुवर्समा हाम्रो धरोबर र सम्पत्तीहरु छन यसको संरक्षण गर्न हाम्रो पनि कर्तब्य हो अनी यसको पहल हामी स्वयमले गर्नु पर्छ । लुटी ल्यांउ भुटी खांउको प्रबृती नगरौ । पछीबाट हामीलाई पछीतो नहोस। यसर्थ बारम्बार गोर्खा फाउनडेशन धेरै चिन्तित  छौ । आजको प्रतिनिधि टोलिमा कालेबुङ कृृृषक संघका महा सचिव बिष्णु छेत्री, गोर्खा फाउनडेशनका सभापति सघन मोक्तान, उपाध्यक्ष - धनकुमार प्रधान, लोप्सँग लामा, महासचिव डा० बिनु सुन्दास, राष्ट्रिय कोषध्यक्ष एन्ड्रु गुरुङ, केन्द्रिय समिती सदस्य निर्मल तामांग , निशा लामा उपस्थित थिए ।
Powered by Blogger.