Header Ads

इतिहासभन्दा माथि - असममा गोर्खाको आगमन


-इन्द्रकान्त कार्की
हुन त कतिपये पौराणिक ग्रन्थमा गोर्खाबारे दुइ चार कुरा उल्लेख भएकै छ। त्यतिखेर अवश्ये गोर्खानाम थिएन। गोर्खा जाति खस, किरात नामले प्रसिद्ध थियो। खस, किरातहरू शिवका भक्त मात्र नभएर शिवका गण अर्थात सैनिक थिए। यो विशाल सेनाका सेनापति नन्दी, भृंगी आदिआदि थिए। जतिखेर शिवकी प्रथमा पत्नी सतीदेवीले दक्षको यज्ञामा प्राण आहुति दिइन त्यतिखेर दक्षको यज्ञ यिनै योद्धाले छिनभरमै तहस नहस पारेका थिए।

त्यसपछि कैलाशपति महादेव सतीको जलेको शव काँधमा बोकेर जताततै डुल्नलागे। विष्णुले चक्र चलाएर सतीको देह काट्दै थिए। यो महायात्रामा शिवका पछिपछि लाखौँ शिवसैन्य अर्थात खस, किरात पनि थिए। जहाँ जहाँ सतीको अंग पतन हुन्थ्यो त्यहीँ त्यहीँ केही सैनिक त्यो देवीको अंग रूङ्न बस्ने गर्थे।

असमको तात्कालिक कामरूप राज्यको नीलाचल पहाडमा सतीदेवीको कामाङ्ग पतन भयो। केही कालका लागि शिवजी मर्माहत भएर त्यहीँ बसे। त्यहाँ आफ्ना धेरै सैनिकलाई एउटा पीठ बनाउने निर्देश दिएर उनी अर्कैतिर लाग्दा भए। यता कामरूपका दानव राज नरकासुर नीलाचलमा आएर सबै कुरा बुझेर पीठ नबनाउने भनी घोषणा गरे। तेतिखेर देवीले सुन्दर युवतीको रूप धारण गरेर आइन।

सुन्दर युवती देखेर नरकासुरले बिहेको शर्तमा रातिभित्र सानो मठ र पहाड चड्ने खुडकिला बनाई दिने भयो। हजारौँ मानिस काममा खटायो। मन्दिर र खुडकिलो रातिभित्र बन्न आँटेको देखेर सतीदेवीका चतुर सैन्यले कुकुरा बासे झैँ बासिदिएर नरकासुरको बिहेको सपना चकनाचुर पारिदिए। समयमा ति खस र किरात सैन्यहरू कामरूप राज्यका सैनिक बने। यिनै किरात खस सैन्य लिएर कामरूपका राजा भगदत्त महाभारतको युद्ध लढ्न गएका थिए। यसरी किरात र खसहरू कालक्रममा जातिनाम र भाषा फेरदैन आजको असममा बसोबास गर्न लागे।

कामाख्या पीठ स्थापन भएपछि हिमालयका राज्यहरूबाट भक्तहरूको आगमन हुन थाल्यो। किन भने सतीदेवी कैलाशपतिकी भार्या थिएन। महादेवकी पार्वती पनि हिमालयकी छोरी हुन। सीता पनि गोर्खा चेली हुन।  गौतम बुद्ध शाक्य वंशीय गोर्खा नै थिए। यस दृष्टिकोणले हेर्न जाँदा त्यो प्राग ऐतिहासिक कालमा वीरत्व, ज्ञान, रूपमा सारा भारतमा गोर्खाको दबदबा थियो।

गोरखनाथ गोर्खाका गुरु हुन। असमका नाथ सम्प्रदायले गोरखनाथलाई गुरु मान्दछन। तर गोर्खा सम्प्रदायले आज आफ्ना गुरुलाई बिर्सिए। जसको नामबाट गोर्खा नामको उत्पत्ति भयो उनलाई जोगी सम्प्रदाय बाहेक अरूले मानेको देखिँदैन। अहिले त यस्तो अवस्था छ कि धर्म परिवर्तन गर्दै अन्यलाई भगवान मान्दै देउताकोठामा स्थापना गर्न थालेकाछन।

कालक्रममा आर्य हिन्दुवादीले गोर्खाहरूमाथि अतिक्रमण गरेर आफ्नो स्वार्थसिद्धि गरे। हाम्रा कुलदेवता र देवीलाई खोसेर लगे। भाषा संस्कृति जातिको नाम फेरि दिए। खस र किराती नारीसंग बिहे रचाएर वर्णसंकर जातिको सृष्टि गरे।

हामीले हाम्रा कुलदेवी देवता शिव, सती, पार्वती, सीता, बुद्ध गोरखनाथलाई आजसम्म चिनेनौँ। कुनै अंग्रेज लेखकले यो कुरा लेखिदिएको भए अवश्य चिन्ने थियौँ। तर हामीले लेखेको कुरा त दुइ पैसा बराबरको हुँदैन के गर्ने? यसैले हामी गोर्खा इदम नास्ति उदम नास्ति भएका हौँ।

सबको सद्बुद्धि पलाओस। -जय गोर्खा महाजाति-

Powered by Blogger.