Header Ads

गोर्खा फाउन्डेशन ईन्डिया तर्फबाटी गोर्खाहरु भारतमा सम्मान निम्ति आह्वान


कती दिन लान्छित, अवहेलित, तिरष्करित शोषित भएर र निर्बल भएर गोर्खाहरु भारतमा बाँच्ने। कती दिन आपसमा द्वेष र इर्षाले हिलो छेपाछेप गरी रहने । कहिले बंगाल दासत्व र शोषणबाट मुक्त हुने। कती दिन अरुकै ईशारा र हुकुममा रोटी सेकी रहने । हामीलाई छुट्टै राज्यको मांगको आन्दोलनले धेरै चोटि छ्क्याएको छ, राजनैतीक रोटी सेक्नेहरुले ढाँटेको छ । फेरी बंगालले षडयन्त्र रच्दै छ गोर्खाहरुकोलाई बिभाजन गर्दैछ, हाम्रो छुट्टै राज्यको मांगलाई दमन गर्न, हत्या गर्न। अबो उसो पनि हामी एक स्वर एकतामा हातेमालो गरेर अघी आएनौ भने फेरी हाम्रो अस्तित्व र चिन्हारी बिलाएर जाने छ। 

सँधीहरुले हामी घर न् ठाउँ बनाएको छ । हामीलाई हाम्रैहरुले ठगेको छ । आज नाँउहरु न्वारण हुँदैछ, भोली हाम्रो अर्कै नाँउको हुन सक्छ । यो हाम्रो पुर्खाहरुले सिचेँको भुभाग अरु कसैको नाँउमा हुने तर्खर छ । कहिले मोराजी देसाइले बिदेशी भनेर लखेट्ने कोशीश गरे, कहिले एफ एम रेडियोले लान्छना लगाँउछ । त कहिले फिल्पकार्टले निर्धक्क भएर चौकिदार भनेर विश्वलाई चिनाउँछ । हामीमा भएको ज्ञान किन सुन्य हुँदैछ, हामी किन रक्त बिहिन भएका छौ । हामी किन अरु कै ईशारामा मात्र कटपुतली झै चल्ने गर्छौ । किन हामी आफु खुशी हिंड्न् र् चल्न नसकेका हौ, किन हामीलाई अरुले नै मनमस्तिष्कमा कैद गरेर राखेका हुन । जाग हे वीर गोर्खाली, जाग हे विश्वबिजेता, जाग न जाग हे बुद्धीमानी, स्वाभिमानी गोर्खाली । हामी वीर छौ, हामी कदापी बुद्धु छैनौ । हाम्रो शिर उँचा छ ।

अब अब यसउसले
हाम्रा सबै गोर्खा राजनैतीक एंव अराजनैतीक दलहरुको एउटा सर्बदलिय बैठक चाँडै हुनु आवश्यक छ सर्ब भारतीय स्तरमा । आव्श्यकता नै आविष्कारको जननी हो भनिन्छ, आज गोर्खाहरुको भविष्य अन्योल र दिशाहिन छ । यस्को निम्ती चाडैनै निर्णय हुन आवश्यक छ। यसको निम्ती सबै संघ संगठनहरुले स्वयमले नै पहल गर्नु पर्नेछ। इर्षा, द्वेस भुलेर अगी आउनु होस्। गोर्खा फाउनडेशन एउटा माध्यम हुने छ सबैलाई एकत्रित हुने पहलमा । यसको निम्ती समस्त गोर्खा सन्तानलेहरुले स्वयमनै आफ्नो संघ संस्थाहरुलाई पहल गर्ने जोर गर्नु पर्छ । बिगतका दिनमा जर्मन जस्ता बिकाशिल देश बर्लिनको वाल तोडी एक हुन सक्छ भने, पराक्रमी, विश्व बिजेता, बुद्धु होइनौ हामी शिक्षित भएका गोर्खाहरु बिभिन्न स्तरमा बिजेता बनेका गोर्खाहरु किन एक हुन सक्दैनौ! हामीमा कुन प्रतिभा छैन, हामीमा सबै छन। बस दिशाहिन छौ, भटकिएका मात्र छौ। यता- उता दौडि रहेको छौ। सोच्नु होस्, बोल्नु होस्, खटाउनु होस् आफ्नो-आफ्नो दलहरुलाई । समयले कसैलाई प्रतिक्षा गर्ने छैन।

निवेदक
गोर्खा फाउन्डेशन (ईन्डिया)
नयाँ दिल्ली

Powered by Blogger.