Header Ads

नेपाली चलचित्र ‘माइतीघर’का भारतीय गोरखा निर्देशक बीएस थापाको निधन


मुम्बई। नेपाली भाषामा बनेको तेस्रो नेपाली चलचित्र ‘माइतीघर’का निर्देशक बिएस थापाको ९३ वर्षको उमेरमा मंगलबार निधन भएको छ। मुम्बईमा मंगलबार बिहान साढे सात बजे थापाको देहान्त भएको हो । भारतको देहरादुनमा जन्मेका थापा पछिल्लो समय आफ्नी कान्छी श्रीमती प्रतिमाका साथमा मुम्बईमा बस्दै आएका थिए। थापाले भारतीय कलाकार, संगीतकार र प्राविधिकहरुलाई नेपाल झिकाएर निजीस्तरबाट बनाइएको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ चलचित्र बनाएका थिए ।

पढनु होस

Powered by Blogger.