Header Ads

नेपाल : सत्ता टिकाउने र ढाल्नेहरुको उद्देश्य

 - जीवन मंगोल
हिजोआज भद्र सहमति, प्रचण्डको नेतृत्वमा सरकार बनाउने, काँग्रेसको नेतृत्वमा होइन केपी ओलीकै नेतृत्वमा ठीक छ, होइन प्रचण्डले भारतको गुलामा गरे यसरी नै केपी ओलीलाई राष्ट्रवादीको पगरी पनि गुत्थ्याइदैछ । केपी ओलीले केही गर्न लागेको देखेर सरकार ढाल्न लागेको जस्ता विषयले चर्चा पाइरहेको छ । प्रचण्ड सरकारबाट बाहिरियो माओवादी–काँग्रेस मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरियो । अहिलेको जल्दो बल्दो विषय वस्तु हुन् । एक थरी परिवर्तन हुँदा रमाउने, अर्का थरी सत्ता ढल्दा रोइकराइ गर्नेहरु पनि देखियो। यी सबैको उद्देश्य के ? प्रचण्डले राजीनामा दिँदा प्रचण्डकै नेतृत्वमा सरकार बन्यो एक थरीले सहभागिता जनाउने रे यता आदिवासी र जनजाति बन्ने, बनाउने र भनाउने तिनै विदेशी बाहुन क्षेत्रीका हनुमाने गीताङे पनि लागि परेका छन् । प्रचण्डको ठीक होइन, काँग्रेसको ठीक भन्नै ठिक्क छ ।

एउटा असल नेतृत्वको अभावमा नेपालको शासन व्यवस्था जसरी अस्थीर घुमन्ते बाहुन क्षेत्रीहरु छन् । त्यसै गरी अस्थीर बनेको छ, यति मात्रै नभएर जन्मेदेखि बाजे भनि माग्ने चन्दने र कन्दनेहरुले नेतृत्व गरेका छन्। अझ भ्रष्टचारी, घुसखोरी, नैतिक पतन भएका, देश बनाउने सोच नभएकाहरु सत्तामा आसिन छन् । अझ विदेशी बाहुन क्षेत्रीले यो देशलाई हाक्नु नै दुर्भाग्य पूर्ण हो । देशले आज सच्चा नेतृत्व खोजेको छ । स्थिर नेतृत्व खोजेको छ र देशभक्त पनि । भिजन भएका राष्ट्र बनाउने जोश जाँगर भएका श्रममा विश्वास गर्ने असल पात्र खोजेको छ । तर यो देशको नेतृत्व सम्हाल्नेहरुको व्यवहारिकता होस् न नैतिकता, सत्ताको लुच्छाचुडी गरेको मात्र देखिन्छ देशलाई आमूल परिवर्तन गर्ने नाममा । करोडौं नागरिकको पसिनामा मोज गर्ने अनुहारहरुले ति ग्रामिण भेगका गरिब नागरिकहरुको कथा व्यथा कसरी बुझ्लान ? आलिसान महलमा गमलामा धान रोप्नेहरुले कृषकको मर्म कसरी बुझ्लान् ? श्रमिकहरुलाई अर्काको देशमा ६० डिग्रीको तातो मरुभुमिमा श्रम बेच्न बाध्य बनाउनेहरुलाई श्रमिकहरुको बेदना कसरी बुझोस् ? एसआराममा जिन्दगी बिताउनेले हिमाल, पहाड, तराईका अत्यन्त दुर्गम गाउँ बस्तीका नागरिकका दुःख कसरी थाहा पाओस् ? जब की सत्ताको वार्गेनिङ गर्दै सिंहदरबार, बालुवाटार र नयाँ बानेश्वरमा दिनहरु गुजारी रहेका छन् । गुन्द्रक र सिन्कीको अचारसँग ढिडो खाने नागरिकको काठमाडौंको फाइभ स्टार होटलमा महंगा रक्सी र चिकेन, मटनको स्वाद लिनेले क्रन्दन कसरी सुनोस् ।

विदेशी सहयोगहरु ब्रम्हलुट गरेको छ बाटोघाटो निर्माण गरिदिने बहानामा । दुई महिनामै भत्किने कामहरु गरेर जनतालाई झुक्याउन मात्र खोजिरहेका छन् । कुनै दीर्घकालिन योजना छैन, दीर्घकालिन सोच छैन, विलासितामा जिन्दगी बिताउने सुँगुर जस्तो ठसठस गर्दैमा कसरी देशको विकास हुन्छ । विकासको नाममा बालुवामा पानी हाले जस्तो बजेट मात्र खेर जान्छ । प्रत्यक्ष निगरानीको अभाव छ । राजनीतिको नाममा वर्ण भेदी नीति अपनाउने, वर्णशंकर विदेशी बाहुन क्षेत्रीले प्रगतिको कुरा गर्नु र देश समृद्धिको सपना बाँड्नुको कुनै ओचित्य छैन ।  देशलाई १० वर्षमा स्वर्ग बनाउने सपना देखाउँदै पार्टी खोल्ने बाहुन, देशलाई दश वर्ष नेतृत्व गर्न दिए स्वर्ग बनाउथे भन्ने बाहुनको उद्देश्य एउटै हो । काँग्रेसको बाहुनले देशको समृद्धि एमालेले गर्न सक्दैन भन्छ । काँग्रेसले नेतृत्व गर्नुपर्छ । होइन, काँग्रेलले देशको विकास गर्न सक्दैन एमालेले नेतृत्व गर्नुपर्छ । माओवादीले पनि त्यही प्रकारको कुरा गर्न छाड्दैन । राप्रपा नेपालले हिन्दू राष्ट्र बनाउने सपना बाँड्न छाड्दैन । त्यसै गरी चित्रबहादुर केसीले संघीयताको विरोध नगरी हुँदै हुँदैन । तर यी सबै पार्टीहरुको उद्देश्य भनेको एउटै हुन्छ । त्यो के हो भने पालैपालो सत्ता चलाउने । वर्षेपिच्छे नेतृत्व परिवर्तन गर्दै आलोपालो गर्ने मंगोलहरुलाई उठ्नै नदिने । एकआपसमा जोस्याइ दिने फुटाइदिने मारामार, काटाकाट सृजना गरिदिने फुटाउ अनि राज गरको नीति अपनाउनु आफ्नो साम्राज्यलाई मजबुद गर्नु यिनीहरुको उद्देश्य हो ।

राजस्थानी पोशाक दौरा (डोरा) सुरुवाल (सरुवाल) लगाउँदैमा राष्ट्रवादी बन्ने हो कि ? अन्य समुदायलाई उत्तेजित बनाउँदा राष्ट्रवादी हुने हो कि ? अधिकार खोज्ने मुक्ति चाहनेलाई दबाउँदा राष्ट्रवादी हुने हो कि ? उखान टुक्का हस्यौली ठट्यौली गर्दा राष्ट्रवादी हुने हो ? व्यवस्थाप परिवर्तनको विरोध गरेर राष्ट्रवादी ठहर्ने हो कि ? हिन्दूवादीलाई पृष्ठपोषण गर्दा या यथास्थिति सामन्ती चिन्त बोक्नेलाई राष्ट्रवादी भन्ने हो । बाहुन क्षेत्रीले भनेको राष्ट्रवादी बन्न कस्तो मापदण्ड अपनाउनु पर्ने हो । लाग्छ राम्रो काम गर्नेलाई राम्रै पनि भन्नु पर्दछ । तर त्यस्तो प्रशंस योग्य देशका आमूल परिवर्तन र विकासका निम्ती  कसले त्यस्तो योगदान गरेको छ । कुरा एकातिर व्यवहारिकता खोई ? सत्तामा बसेर सपना बाड्नु मात्र उपलब्धी हो । जनता प्रश्न गर्दछन् । २००७ साल देखि आजका दिनसम्म बाहुन र क्षेत्री पालैपालो सत्ता चलाउँदै आएका छन् । अरु समुदायको उपस्थिति त २०६२÷०६३ को जनआन्दोलन पश्चात सोझा मंगोलहरुलाई मख्ख बनाउनको लागि बाहुन क्षेत्रीको चाकरी गर्ने गीताङे बन्नेहरुलाई मात्र अल्झाइएको छ । यिनीहरुको समावेशी पनि बडो अचम्मको छ ।

देशमा भ्रष्टाचार मौलाएको छ । तस्करी नक्कली कारोबार, गुण्डागर्दी, महंगी उस्तै छ । पानीको धनी देशमा बिजुली छैन । अरु इन्धन ग्यासको के कुरा ? विपत्तीमा परेकालाई उद्धार गर्नु छैन, जनता मरुन कि बाँचुन कुनै मतलब छैन । एउटै मात्र लक्ष्य जसरी हुन्छ सत्ता टिकाउ । बाहुनवादका नायक शंकराचार्यको प्रभाव शाहकालिनमा शाहरुको राणाकालिनमा र राणाहरुको प्रभाव आधुनिक बाहुन क्षेत्रीमा अडिएको छ । आफ्नो अस्तित्व टिकाउने प्रयास मात्र बाहुन क्षेत्रीहरुले गरेका छन् । यिनीहरुको स्वार्थ भनेको आफ्नो समुदायलाई मात्र उकास्नु अरु जेसुकै गरुन भन्ने सोचाई गहिरो रुपमा रहेको छ । बाहुन नेतालाई देवत्वकरण गर्ने, पूज्ने सबैभन्दा अगाडी बाहुनको सुरक्षा गर्ने क्षेत्री पर्छन् । यिनीहरु धर्मले बाहुनसँग साँठगाँठ बढी देखिन्छ । त्यसको असर गाई राजनीति गर्नेले फाइदा उठाएको आफ्नै आँखाले छर्लङ्ग देखियो –‘एक भोट गाईलाई, एक भोट गाछीलाई, एक भोट बाच्छीलाई’ भन्नेहरु को थिए भन्दा त्यही काँग्रेसका बाहुन क्षेत्री नेता भन्न रुचाउनेहरु । जसलाई प्रजातान्त्रिक समाजवादको मसिया ठान्ने गर्छन् । त्यसै गरी जसले सच्चा कम्युनिष्ट भन्ने गरेका छन् । तिनै एमालेको नारा हो यो । यि बाहुनवादी चलनप्रति कृतज्ञ बाहुन क्षेत्री नेताले पालैपालो सत्ता चलाउने अन्तिम उद्देश्य राखेकै हुन्छन् । 

अहिलेसम्मको इतिहासलाई कोट्याएर हेर्दा एउटा सामन्ति बाहुनको हातबाट अर्को सामन्ती बाहुनको हातमा सत्ता सुम्पने काम मात्र भएको छ । यसकारण राजनीतिक स्थायीत्व पाउन नसकेको हो कि ? किनभने एउटा सिङ्गो अधिकार खोज्नेलाई किनारामा छाडेर एकलौटि देशलाई चलाएका छन् । यिनीहरु राम्रो राम्रो मंगोल चेलीहरु देख्न हुँदैन मंगोल चेलीहरु बलात्कारको सिकार हुनु परिरहेको छ । यिनीहरुले नै यौन हिंसा बढाइरहेका छन् । धर्मका नाममा धार्मिक अतिवाद लागू गरेका छन् । फलस्वरुप धार्मिक गुरुहरुबाट महिलाहरु यौन पिपासु बन्नु परेको वेदना यी सत्ताका भोकमरीहरुले बुझेका छन् । बुझेको भए पक्कै पनि यस्ता श्रम लाग्दा घटना घट्ने थिएनन् । धर्मका नाममा मान्छेको बलि दिने जघन्य अपराध कसले गर्दैछ ? राज्य सत्ताका ब्वाँसाहरुकै कारण यस्तो अमानवीय घटना घट्दै छ । यिनीहरु नियम बनाउँछन् आफै कुल्चन्छन् आँखेरीमा अन्धपरम्परा, सामन्ती संस्कार लाद्दै असहिष्णुता फैलाउँछन् ।

सत्यको लागि धार्मिकहरुले अधार्मिकहरुलाई गरेको संसारको घटनाहरुलाई सम्झदा त्यसपछि नेपालको घटनाहरुलाई आफ्नै आँखाले देख्दा विद्वानहरुले सत्यको लागि त्यसै विष सेवन गरेका होइन रहेछन् । यहाँ सत्यवादीहरु जन्मन्छन् । सत्यको लागि लड्नेहरु विजय हुन सकिरहेका छैनन् । असत्यवादीहरुको जताततै महासंग्राम चलिरहेको छ । सत्य र न्यायसंगतका निम्ती जीवन समर्पण गर्नेहरु राष्ट्रका धरोहर ठहरिएनन् । बाहुन क्षेत्री र उनीहरुका आशेपाशेमात्र राष्ट्रका धरोरह ठहरिए । त्यसैले बुद्ध देश निकाला भएको सम्झन्छु । तेन्जिङनेर्गेलाई सिगाने भोटे भनेर नेपालबाट खेदाएको सम्झन्छु । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा बीरता देखाउने मंगोलहरुको कथा र व्यथा सुन्छु । न अंग्रेजले न्याय दियो न राज्यले सम्मान । खाली चुस्न, लुट्न मात्रै जानेको छ । श्रीजङ्गा, लखन थापा मगर, श्रीपति गुरुङ, रामप्रसाद राई, अटलसिंह खम्बू, रत्नकुमार बान्तवालाई सम्झन्छु । मेरो एउटै मात्र निचोड निस्कन्छ, त्यो हो यहाँ असत्य र पाखण्डी र ढोङ्गीहरुको रणमैदान बनेको छ । विदेशी बाहुन क्षेत्री र शासकहरुको दुष्ट षड्यन्त्रकारी राम राज्य बनेको छ । विचारा रामणलाई अन्याय भएको छ । 
   
(लेखक को आफ्नो निजी विचार हो )
Powered by Blogger.