Header Ads

JAP-1 को 5 बीर शहीदहरुको आज 12औँ पुण्यतिथि



रांची : दिनांक 22-06-2004, आज भन्दा 12 वर्ष अघि राँचीको रनियाँ पिकेट, भर्खरै झारखंड आर्म्ड पुलिस 1 मा फौजी जिन्दगी शुरू गरेको बीस, बाईस सालको जवानहरु आफ्नो पिकेटमा मस्ती गर्दै गरेको बेला अचानक रनियाँ पिकेट अन्तर्गत साप्ताहिक लाग्ने सौदे बजारमा पेट्रोलिगं एवं सुरक्षा ड्यूटी हेतु जाने आदेश। हवलदार जीवन सिंह गुरुङको साथ चार सिपाही आफ्नो कर्तव्य पुरा गर्दै पिकेट फर्की रहेको समय उग्रवादीहरु द्वारा लगाएको एम्बुसमा फसी सकेको थियो। शुरूमा भएको आई ई डी ब्लाष्टमा सबै जवान गम्भीर घाइते भईसकेको थियो। यस्तो अवस्थामा उग्रवादीहरु द्वारा हथियार समर्पण गर हामी तिमीहरुलाई छोडी दिन्छौ भन्दै घोषणा गरिरहेको थिए। तर बीर गोर्खा कहाँ आत्मसमर्पण गर्ने , अन्तिम गोली  सम्म लड्छौ, भनी उग्रवादीहरुलाई चुनौती दिए।

पाँच गोर्खा र पाँच सौ उग्रवादीहरु बीचको लडाईमा एक एक गर्दै बीर गोर्खा जवान शहीद भईरहेको थियो। यता पिकेटमा रहेको जवानहरुले ब्लाष्टको आवाज सुन्न साथ आफ्नो साथीहरू नै एम्बुसमा परेको हुनुपर्छ भनी आफ्नो हतियार लिई घटना स्थल तर्फ दुगुरे। पिकेटबाट थप बल आएको थाहा पाएपछि उग्रवादीहरु भाग्न थाले। घटना स्थलमा पुग्दा एक हवल्दार तीन जवान शहीद भईसकेको थियो भने एक जवान कुन्दन तामाङ गम्भीर रूपमा घाइते थियो। आफ्नो घायल साथीलाई उपचार हेतु अस्पताल लिएर जाँदा बाटोमा नै कुन्दन पनि शहीद भए। तर आफ्नो अन्तिम समयमा साथीहरूलाई कुन्दनले भनेको थिएँ अन्तिम समय सम्म लड्यौ तर आत्मसमर्पण गरेनौ। साथी हथियार समर्पण गरेर बीर गोर्खाको बदनाम  गर्नु भन्दा लडेर मर्नु नै रोज्यों र हाँसी हाँसी मातृभूमिको ऋण तिरेर जाँदैछौ।

"आफ्नो मातृभूमिको निम्ति प्राण न्योछावर गर्ने यी बीर शहीदहरुलाई आज 12औँ पुण्य तिथिमा सत सत  नमन"

1. शहीद हवलदार जीवन सिंह गुरुङ

2. शहीद पुलिस बिकास राणा

3. शहीद पुलिस सुरज बहादुर छेत्री

4. शहीद पुलिस धिरेन तामाङ

5. शहीद पुलिस कुन्दन तामाङ
Powered by Blogger.