Header Ads

भगवान् को साटो सानो र ठुलो : नेपाली कविताहरु


 भगवान् को साटो सानो र ठुलो,
मान्छे ले तौलियो,
इश्वरलाई खाने थाल माथी थाल,
संसार मा फैलियो ।


हावा को झोँका आएर गयो,
झाँतो ले पिसेन,
भिखारी को रूप मा भगवान् आयो,
कसैले चिनेन ।


भजन र भोजन मा भिखारी आयो,
सबैले लखेट्यो,
भत्केको मन्दीर छेवैमा थियो,
पतझड़ ले समेट्यो ।


युग को ढोका मा ठोकिएको,
बगेको धेरै स्रोत हो,
दूध को नदी मा झरी मरेको,
गाई को एउटा गोठ हो ।


सुख मा ईश्वर बिर्सी दिन्छ.............
दुःख मा छिटो सम्झी दिन्छ........
आखीर .........किन..........?


आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाङ्ग ।।
Powered by Blogger.