Header Ads

जिन्दगीको हरेक चाहनाहरु : नेपाली कविताहरु


जिन्दगीको हरेक चाहनाहरु,
सल्किएर गई रहेको छ,
बन्तगी भरिएको पानी सबै,
छलकिएर गई रहेको छ ।


कहिले बाहिर कहिले भित्र,
जिन्दगीको चित्र,
अँगालोहरु छोड़ी पठाउँ छ,
यो मुटुमा कहाँ अटाउँ छ ।


समयको धारहरु ठोकिएला,
सूक्दै गरेको कोपिला,
खेल्न पाएन हाँस्नु पाएन,
दुई दिनको जिन्दगीमा बाँच्नु पाएन ।


जिन्दगि र मृत्यु सँग लड्नु पर्छ,
बाँच्नु चाँहादा चाहाँदै,मर्नु पर्छ,
बिस्तारो बिस्तारो फूल सूक्दै छ,
कोपिला लुक्दै छ, दुख्दै छ त्यो छाती,
टिभी सेन्टेरियमको खाट माथी ।


ओरालो झर्दै,
दिनहरू गन्ती गर्दै,
कस्तो पीर कस्तो जलन,
यो कस्तो संसारको चलन ।
कहिले तिमीमा कहिले हामीमा ।।

आर्नोल्ड राई,
संत मेरीज हील,
खरसाङ्ग ।।
Powered by Blogger.