Header Ads

युरोपीय संघसँग ब्रिटेनको सम्बन्ध विच्छेद पक्का


लंदन। ब्रिटेन युरोपीय युनियन (इयू)बाट बाहिरिने भएको छ। ईयूमा रहिरहने कि अलग हुने भन्नेबारे ऐतिहासिक जनमत संग्रह भएको थियो, जसमा झण्डै ५१ प्रतिशत मतदाताले ईयू छाड्ने पक्षमा मत दिएका छन्। चुनाव प्रतिस्पर्धात्मक देखिएको थियो। तर, ईयूमा रहिरहनु पर्छ भन्ने पक्ष थोरै पछाडि पर्‍यो । ईयू छाड्नु पर्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७४२ अथार्त ५१.९ प्रतिशत मत खसेको छ । ईयूमै रहनु पर्ने पक्षमा ४१.१ प्रतिशत अर्थात १ करोड ६१ लाख ४१ हजार २४१ मत खसेको छ। पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले युरोपीय संघबाट अलग हुने पक्षमा मत दिएका छन्। लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका अधिकांश मतदाता भने ईयूमा रहने पक्षमा देखिए। जनमत संग्रहको परिणाम सार्वजनिक भएपछि यूकेआईपीका नेता निगेल फारागले यो बि्रटेनको स्वतन्त्रताको दिन भएको बताएका छन्। तर, अर्को पक्षले भने यसलाई दुर्घटना भनेका छन्। जनमत संग्रहको परिणामको नाटकीय असर ब्रिटेनको अर्थ व्यवस्था र राजनीतिमा देखिनसक्छ।

युरोपेली संघ के हो ?
युरोपीय संघ, जसलाई ईयू भनिन्छ, २८ युरोपीय देशको आर्थिक एवं राजनीतिक साझेदारी छ । द्वीतीय विश्वयुद्धपछि आर्थिक सहयोग बढाउन संघ निर्माण भएको थियो। यसको उद्देश्य एकसाथ व्यापार गरिरहेका देश एकअर्काविरुद्ध युद्ध गर्नबाट बचाउनु पनि थियो। त्यसबेलादेखि ईयु अहिलेसम्म एक बजारका रुपमा विकास भएको छ। ईयूमा आवद्ध देशका सामान र मानिसहरु विना रोकटोक आवत जावत गर्न सक्छन्, मानौं सबै सदस्य देश एक पूरा देश हो । यसको आफ्नै मुद्रा छ, जुन १९ देशमा प्रयोग हुन्छ। ईयुको आफ्नै संसद छ। युरोपीय संघले विभिन्न क्षेत्रमा आफ्नै नियम बनाएको छ। जसमा पर्यावरण, पारवहन, उपभोक्ता अधिकार र मोबाइल फोनको मुल्यसमेत तय गरिनेछ ।

जनमत संग्रहमा के सोधिएको थियो ?
जनमत संग्रहमा सोधिएको प्रश्न छ-के युनाइटेड किङडम युरोपीय युनियनको सदस्य रहनुपर्छ ? वा युरोपीय युनियन छोड्नुपर्छ ?’

Powered by Blogger.