Header Ads

भारतीय मगर समाज का महासचिव रवी राना ज्युलाई नेपालमा सम्मान


काठमांडो : भारतीय मगर समाज का महासचिव रवी राना मगर ज्युलाई 'मास्टर मित्रसेन स्मृति प्रतिष्ठान' मा स्वागत गरिएको छ । प्रतिष्ठानका अध्यक्ष  त्रिलोक सिंह थापा मगरले उहालाई खादा ओढाएर स्वागत तथा सम्मान गर्नु भएको थियो । स्वागत पछि अध्यक्ष त्रिलोकसिंह थापामगरले मास्टर मित्रसेन स्मृति प्रतिष्ठानको प्रकाशन हरु उपहार दिंदै प्रतिष्ठानको गतिविधिको बारेमा प्रकाश पार्नु भएको थियो । साथै नेपाल तथा भारतमा मास्टर मित्रसेन संग सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने बारेमा छलफल भयो । भारतीय मगर समाज का महासचिव रवी राना मगर ले प्रतिष्ठानको गतिविधिहरुको प्रशंसा गर्दै बहुमुखी प्रतिभाका प्रतिमूर्ति मास्टर मित्रसेन थापा मगरको बारेमा भारतमा र प्रतिष्ठान संग मिलेर कार्यक्रम हरु गर्न इच्छुक रहेको बताउनुभयो । उक्त कार्यक्रममा प्रतिष्ठानका कोषfधक्ष चन्द्र बहादुर श्रीस मगर, सदस्यहरु एस.पी. हरि बहादुर थापा मगर, गायत्री राना मगर र मित्र राना मगर तथा शिक्षा उधमी लक्ष्मी दर्लामी मगरको पनि उपस्थिति रहेको थियो । 






Powered by Blogger.