Header Ads

थाकी गली भारी बोकी आयो : नेपाली कविताहरु



थाकी गली भारी बोकी आयो,
माया पिरतीको गीत सुनायो,
ठेलामा नै नानी समायो,
लोग्ने स्वास्नी साह्रै रमायो।

स्वास्नीले अली अली कान कम्ती सुन्थ्यो,
लोग्नेले कराई कराई भन्थ्यो,
भरै छिटै आउँछु है.........
आमा र छोरी दैलोमा उभिएको हुँथ्यो ।

साह्रै खुशी थियो त्यो सानो सँसार,
दिनमा गएर साँझमा आउँथ्यो,
स्वर खोली खोली गाउँथ्यो,
सँधै भरी खुशी छाउँथ्यो ।

एक दिन साँझ छोड़ेर राती आयो,
जिन्दगीमा हेर आँधी आयो,
बाख्रा चोर कुलेसो बाट भाग्यो,
लोग्नेलाई मायामा संका लाग्यो ।

स्वास्नीलाई केही पनि थाहा थिएन,
लोग्ने राँकिएेर अरुलाई माया गर्छौ की क्या हो ?....भन्यो,
स्वास्नीले नानीलाई माया गर्छौ भनेको सुन्यो,
उत्तरमा स्वास्नीले भन्यो........
माया गर्छु ।

रीसले छेवैको लोहोरो टीपी,
स्वास्नीलाई हान्यो,
लोहोरो झरी नानीलाई लाग्यो,
रीस सबै भाग्यो
स्वास्नी नानी ठहरै
दुई वटा लास लहरै ।

स्मृती भित्र जागिएको आकृतीहरु,
भित्र भित्र नै तर्साइ दिन्छ,
युगले फ्याँकिएको कनसिंगर भई,
दिसाहिन बाटोमा बसाई दिन्छ ।

ठाउँ र कुनाको काँड़ाहरुले,
पैतालाहरु घोँची पठाउँ छ,
घाइते भएर पछारीए पछी,
एकान्तमा गएर रोटी पकाउँछ ।

संघर्षहरुको यो परीवेश भित्र,
पछीबाट कसैले ताने,
भावना भित्र दुबी सकेछु,
पकाको रोटी कसले खाने ।

सात जन्मको कर्महरु,
उल्टिए र शिरबाट आउँछ,
सात जन्मको धर्महरु,
पलटीएर भिरबाट जान्छ ।

धरफरिंदै काँचो रगतको थोपाहरुमा,
पुरिएको आँखाहरुले सोंची दिन्छ,
पछ्यौंदै उ हिड़ेेको बाटोहरुमा,
कहाँ छौ भन्दै .....जिन्दगीलाई खोजी दिन्छ ।

एक्कासी आएको ज्योती भित्र,
आमा र छोरी उभिएको हुन्छ,
कलिलो केशहरु फरफराई रहेको हुन्छ,
आगोको रापहरु कुल्ची दिन्छ,
हात फैलाएर अँगालो भित्र,
चोट ले रगत पुछी दिन्छ,
तिनै जना उज्यालो भित्र बिलिन हुन्छ ।

माया थ्यो भने किन मार्यो त,
कसैले नदेखी किन गाड्यौ त,
सपनीको बारिमा...........
असेलु को घारी मा ............

रीस जिन्दगीको बिस हो ।।

आर्नोल्ड राई,
खरसाङ्ग ।
Powered by Blogger.