Header Ads

अनौठो स्कुल, जहाँ केवल जुम्ल्याहाले मात्र पढ्न पाउँछन्

 
काठमाडौं। के तपाइँले त्यस्तो स्कुलबारे सुन्नुभएको छ ? जहाँ केवल जुम्ल्याहा बच्चा मात्र भर्ना हुन पाउँछन्। सुन्दैमा यस्तो अनौठो लाग्ने यस्तो स्कुल हाम्रो छिमेकी देश भारतमै रहेछ। भारतको आन्ध्रप्रदेशस्थित चित्तूरमा रहेको क्याम्फोर्ड इंगलिस स्कुल सायद दुनियाको एकमात्र यस्तो स्कुल होला, जहाँ केवल जुम्ल्याहा बच्चाले मात्र पढ्दछन्। यो स्कुलमा १ हजार भन्दा बढि विद्यार्थीले पढिरहेका छन्। यी सबै विद्यार्थी जुम्ल्याहा हुन् । स्कुलका विद्यार्थी ४ देखि १६ वर्षसम्मका छन्। सबैभन्दा रोचक कुरा त के भने स्कुलका शिक्षकहरु पनि कहिलेकाहीँ विद्यार्थी नचिनेर हैरान हुन्छन्। यो स्कुल स्थापना हुँदा यसमा केवल जुम्लयाहालाई मात्र पढाउने भनेर खुलेको होइन। तर एक दुइ गर्दै जुम्ल्याहा विद्यार्थीहरु भर्ना हुन थालेपछि यो विस्तारै जुम्ल्याहले पढ्ने विद्यालयको रुपमा स्थापित हुन पुग्यो र अन्ततः केवल जुम्ल्याहालाई मात्र भर्ना लिन थाल्यो।

Powered by Blogger.