Header Ads

अनौठो बजार, जहाँ केवल महिलाले मात्र चलाउँछन् ४ हजार दुकान


भारतको मणिपुरमा एउटा यस्तो बजार छ जुन केवल महिलाले मात्र चलाउँदछन् । उक्त बजारमा झण्डै ४ हजार पसल छन् र ती सबै पसल महिला मात्रैले चलाउँदै आएका छन् । पसलमा कुनैपनि पुरुष बस्दैनन् । यो बजारलाई एसियाकै ठूलो महिला बजार पनि भनिन्छ । मणिपुरको इम्फालमा रहेको छ यो महिला बजार । यो बजारलाई मदर्स मार्केट पनि भन्ने रिन्छ । यो बजारमा शपिंग गर्नका लागि दिनहुँ हजारौँ ग्राहक आउँदछन् । सयौँ वर्ष पहिले खुलेको मानिने उक्त बजार त्यहाँको राजाकालीन बजार भएको बताइन्छ । उतिबेला उक्त ठाउँमा लैलप नामक एक परम्परा थियो । उक्त परम्परा अनुसार मैती समुदायका पुरुषहरु राजाको दरबारमा काम गर्न जानुपथ्र्यो प्रायः । पुरुषहरु सबै राजाको दरबारमा काम गर्न गएपछि घरको अरु सबै काम गर्ने जिम्मा महिलाको काँधमा आयो । त्यसपछि महिलाहरुले आफै कृषि गर्ने तथा पसल पनि गर्न थाले । महिलाहरुले पसल गर्ने त्यो परम्परा एक बाट अर्को पुस्तामा सर्दै गयो । यो बजारमा एउटा विशेषता के भने यहाँ केवल विवाहित महिलाले मात्र काम गर्दछन् । बजार संचालक महिलाहरु निकै कट्टर छन् । समुदायका केही व्यक्तिहरुले यो बजारमा पुनर्संरचना गर्नुपर्ने र महिला पुरुष सबैले पसल खोल्न पाउनुपर्ने आवाज उठाएपनि पसले महिलाहरु एकजुट भएर त्यसको प्रतिवाद गर्दै यो महिला बजारको शाखलाई बचाइराखेका छन् ।


Powered by Blogger.