Header Ads

गुजराँतको भावनगरमा गाइ र साँढेको भव्य विवाह, ३० लाख खर्च


छिमेकी भारतमा बरु मानिसको बिहेको कसैलाई मतलब हुँदैन होला तर जनावरको बिहे भने निकै भव्य तथा सभ्य ढंगले हुन्छन् बेला बेलामा । कहिले बाँदरको बिहे त कहिले कुकुरको बिहे । अनि यस पटक भने लाखौँ रुपैयाँ खर्च गरी गाईको बिहे गरिएको छ। भातरको गुजराँतको भावनगर गाउँमा हालै एउटा गाइको साँढेसँग भव्य विवाह गराइएको छ । अब ती बेहुला बेहुलीलाई जिवन पर्यन्त सँगै बाँधिनेछ। बेहुली गाइको नाम पूनम र बेहुलो साँढेको नाम अर्जुन हो। विवाहमा पुनम र अर्जुनलाई फूलका मालाले सजाइएको ट्रकमा राखेर घुमाइएको थियो। पुनमलाई सक्कली गहना लगाइदिइएको थियो। पुनमले सिल्कको साडी लगाएकी थिइ जसको मूल्य साढे ४ हजार भारु पर्दथ्यो। बेहुलो अर्जुन पनि कम थिएन । निकै मज्जाले सजिएको थियो। बेहुली गाइका मालिक विजयभाइले उक्त गाइ आफ्नो छोरी समान रहेको र आफुले पशुप्रतिको प्रेमको प्रतिकका रुपमा गाइको बिहे भव्य रुपमा गरिदिएको बताए। बिहेमा बेहुलो साँढे अर्जुनका मालिकका तर्फबाट जन्ती पनि आएका थिए। हिन्दु रितिरिवाज अनुसार बिहे भयो र ३ सय भन्दा बढि पाहुना त्यहाँ उपस्थित भए। बिहेमा झण्डै १८ लाख भारु खर्च भएको बताइएको छ।

- ऑनलाइन खबर
Powered by Blogger.