Header Ads

भारतमा महिलाले एकैचोटि जन्माइन् ५ जना छोरी


भारतमा एक महिलाले एकै पटकमा ५ बच्चा जन्माएकी छिन्। भारतको छत्तिसगढ राज्यस्थित सरगुजा जिल्ला अस्पतालमा २३ वर्षकी मनिका राजवाडे नामकी महिलाले ५ जना छोरी जन्माएकी हुन्। महिला र उनले जन्माएका पाँचै जना शिशु स्वस्थ रहेको बताइएको छ । तर ती बच्चा समय भन्दा पहिले जन्मिएका हुनाले उनीहरुको तौल भने कम रहेको अस्पतालका अधिकारीहरुले बताएका छन्। मनिकाले गर्भ रहेको ७ महिनामै बच्चा जन्माएकी हुन्। उनका छोरीहरुको वजन १ देखि डेढ किलो सम्म रहेको छ। तौल कम भएका कारण शिशुहरुलाई अस्पतालको आइसियुमा राखिएको छ र चिकित्सकहरुले उनीहरुको प्रत्यक्ष निगरानीमा उपचार गरिरहेका छन्। एकसाथ पाँच बच्चा जन्माउने मनिकाका पति महेशका अनुसार मनिका यसअघि पहिलोपटक गर्भवती हुँदा उनको गर्भ खेर गएको थियो। एकसाथ पाँच छोरीको बाउ हुन पाएकोमा महेश खुसी छन् तर एकैचोटी त्यति धेरै बच्चालाई कसरी हुर्काउने र पालन पोषण गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

- ऑनलाइन खबर
Powered by Blogger.