Header Ads

रुखमा बसेको बाँदरले बचायो ३० जनाको ज्यान


सुन्नमा यो अनौठो तथा अपत्यारिलो लाग्नसक्छ तर सत्य घटना हो। एउटा बाँदरले ३० जना मानिसको ज्यान बचाइदिएको छ। यो घटना भारतको बैंगलोरमा भएको हो। यो कुनै अन्धविश्वास होइन, न त कुनै चमत्कार नै भएको हो। वास्तवमा गत शनिवार श्रीरंगापट्टनममा कावेरी नदीको तटमा एक धार्मिक अनुष्ठान भैरहेको थियो। जसमा एकै परिवारका ३० भन्दा बढि मानिस सहभागी थिए। सबै मानिस कावेरी नदीको पवित्र जलमा स्नान गरेर एउटा आँपको रुखमुनि पुजाका लागि बसेका थिए। त्यो आँपको रुखमाथि एउटा बाँदर बसेको थियो। बाँदरले अकस्मात पिसाब गरिदियो र त्यो पिसाब तल पुजा गर्न बसेका मानिसमाथि पर्यो।

बाँदरले पिसाब गरिदिएपछि ब्रतालुहरु जिउ अपवित्र भएको भन्दै त्यहाँबाट उठे र बाँदरलाई गाली गलौज गर्न थाले। तर बाँदरले पिसाब गरिदिएपछि पनि अन्य तिन जना मानिस भने त्यहाँबाट उठेका थिएनन्। बाँदरले पिसाब गरिदिएर अधिकांस श्रद्धालुहरु पुजास्थलबाट उठेको केही बेरपछि त्यो आँपको रुख ढल्यो। पुजास्थलबाट उठेका सबै मानिस बँच्न सफल भए । तर तिनजना भने चपेटामा परे। ४० वर्षकी एक महिलाकेा ज्यान गयो भने दुइ जना घाइते भए । यो घटनापछि बँच्न सफल मानिसहरु शोक तथा आश्चर्यमा परे । बाँदरले पिसाब गरिदिएर अपशकुनको संकेत दिएको कुरा उनीहरुले पछि मात्र बुझे । आफ्ना एक सदस्यको मृत्यु भएपनि बाँदरकै कारण धेरैको ज्यान जोगिएकोमा उनीहरुले बाँदरलाई धन्यवाद पनि दिए । यदि बाँदरले पिसाब गरिदिएको थिएन भने त सबै मानिस पुजामा व्यस्त रहेको बेलामा त्यो आँपकेा रुख ढलेर सबैलाई किच्ने रहेछ।

Powered by Blogger.