Header Ads

बेलायतमा हालै यत्रै भिमकाय मुसा भेटिएको छ


मानव बसोबास भएको दुनियाको यस्तो ठाउँ सायद छैन होला जहाँ मुसा नपाइयोस् । त्यसैले त्यस्ता सानातिना मुसाको कुनै गणना हुने कुरै भएन। तर जब मान्छे जत्रै आकारको मुसा भेटिन्छ त्यो अवश्य समाचार बन्छ। हो, बेलायतमा हालै यत्रै भिमकाय मुसा भेटिएको छ। पूर्वी लण्डनमा ग्यास स्टेसनका कामदार जेम्स गि्रनले हालै ४ फिट लामो मुसा फेला पारेका छन् । मुसा मार्नका लागि राखिएको विष खाएर मरेको अवस्थामा उक्त भिमकाय मुसा फेला परेको हो । मुसा चाहे जतिसुकै ठूलो नै किन नहोस् त्यसको कुनै काम छैन, त्यसैले उक्त मुसाको लास भेटेपछि त्यसलाई थान्को लगाउनै पर्यो । तर बडेमाको जिउ भएको उक्त मुसासँग एकपटक फोटो खिच्ने मन जाग्यो जेम्सलाई । उनले आफ्ना साथी टोनी स्मिथलाई उक्त मुसासँगको आफ्नो फोटो खिचिदिन भने । यति ठूलो मुसा भेटिनु कुनै चानचुने कुरा थिएन र आफुहरुले यत्रो मुसा फेला पारेको प्रमाण पनि उनीहरुले राख्नु थियो र सोही बमोजिम गरे । मुसा विज्ञहरुका अनुसार उक्त मुसा ग्याम्बियन पाउच्ड प्रजातिको मुसा हो । यो प्रजातिको मुसा मानिसले घरमा पाल्ने गर्दछन् । यो मुसाको लम्बाइ ४ फिट सम्म हुने बताइन्छ र यो निकै बुद्धिमान मुसा हो । तर यो मुसाको दृष्टि क्षमता भने कमजोर हुन्छ । यसको सुँघ्ने क्षमता भने बढि हुन्छ ।

Powered by Blogger.