Header Ads

"गोर्खा बार्ता" : असमेली गोर्खे पत्र-पत्रिकाको इतिहासमा एउटा थपनी


गुवाहाटी : मार्च 2 तारिक देखि असमेली गोर्खे पत्र-पत्रिकाको इतिहासमा एउटा थपनी भएको छ । सञ्जिव खातिको सम्पादनामा डिब्रुगढ र गुवाहाटीबाट आजै प्रकाशनमा आयो पाक्षिक पत्रिका "गोर्खा बार्ता" 1 मार्च देखि । क्रमश: आगामी अङ्कहरूमा 12 पृष्ठामा प्रकाशित हुने लक्ष रहेको यो पाक्षिकको प्रबेशाङ्क भने आठ पृष्ठाको रहेको जानकारी प्राप्त भएको छ। प्रचार प्रसार र बितरण व्यवस्थापना बिभागमा नगेन्द्र सुबेदी (श्याम शर्मा सुबेदी) र जयन्त रसाइली रहेका छन। पत्र पत्रिका प्रकाशनको संख्याले जातिय र भाषिक प्रगतिको आभाषपनि दिन्छ भने कतिपया पत्रपत्रिका भने निर्वाचनको छेऊ छाऊमा जन्मिएर केहीदिन पछिनै बिलाएको उदाहरण पनि खोजी हेर्दा देखा पर्छन। अर्कोतिर पाठक लेखक बिश्लेषकको अभाव साथै लगनी गरेको रकम डुबेरपनि कतिपया पत्र पत्रिक बिलाएको देखा पर्छन। असमेली गोर्खे पत्रपत्रिका प्रकाशनको क्षेत्रमा ऐतिहासिक थपनी यो नवागत " गोर्खा बार्ता" दिघो, सुझबुझको साथ आँटिलो चोटिलो हक्कि र निस्वार्थ हवोस । पूरै पूर्बोत्तरका गोर्खाहरूलाई समेट्न सकोस यहीँ कामना गरिन्छ। यस पाक्षिकमा प्रकाशनको लागि लेख रचना समाचार र विशेषगरि जातिय चिन्तन मन्थन सामयिक विश्लेषणादि इमेल मार्फत gorkhabarta@gmail.com मा प्रेरण गर्न सकिने रहेछ।


Powered by Blogger.