Header Ads

मंगोलहरुको स्वाभिमान किन जाग्दैन ? - नेपाली आलेख

- जीवन मंगोल
“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बीरहरु लड्छन् र इमान्दारहरु अघि बढ्छन् ।” होचिमिन्ह । आहा ! सुन्दै हामी कति बीर, हेर्दै कति बीर जस्तो। हुन पनि हामी पराक्रमी बीर रावणका सन्तान। बुद्ध जस्तै शान्त हामी भित्रको अत्यन्त नम्रता र इमान्दारिता। लाग्छ हामी कतै मूर्ति जस्तै। आफ्नै निम्ति केही नगर्ने, आफ्नै आँखा अगाडिको नदेख्ने, कति बुद्धु छौं । हाम्रो स्वाभिमान मरेको छ। इतिहासले चिहानमा गाडेको छ । हामी मंगोललाई हाम्रो कंकाल, अस्थिरपञ्जर उत्खनन गरी निकालेको अवस्था भए पनि पूर्णरुपमा ज्यूँदो मंगोल हुन सकिरहेका छैनौं। हामी विशाल हृदय भएर विशाल सोच दुरदर्शीता नअपनाउने मानवरुपी कंकाल मात्र हौं । वर्तमान नेपालको राजनीतिक परिवर्तन सामाजिक, विभिन्न पाटोलाई नियाल्दा लाग्छ, हामी अझै निन्द्रामा छौं। हाम्रो स्वाभिमान जागेको छैन। हो, हामी मंगोलहरुको स्वाभिमान किन जान्दैन ? हामी मंगोलहरु केही गर्न नसक्ने हामी मंगोलहरु केही गर्न नसक्ने लाचार हौं ? बाहुन क्षेत्री शासक वर्गले यस्तै शैलीमा प्रचार गरेका छन्। यस्तै व्यवहार गरिरहेका छन् । त्यसलाई प्रतिकार गर्ने आफ्नो स्वाभिमानको निम्ति बिरता प्रस्तुत गर्न असक्षम हौं ? “न निगले बने न उग्ले” भन्ने कथन चरितार्थ उद्घाटित भइरहेको छ। गद्दारहरु कायरहरु सुरक्षित ठाउँमा बसेर हाम्रो स्वाभिमानलाई धज्जी उडाइरहेका छन्।

हामीलाई उठ्न दिएका छन् न बस्न दिएका छन् । हाम्रा सत्रुहरुले तर्कको आवरण ओढाएर वास्तविक इतिहासको ढाकछोप गरेका छन् । मंगोलहरुको विशाल हृदय तर अपरित्यक्तताका कारण इतिहास अस्तित्व संकटमा परेको छ । इतिहास नै तर्कले मोड्ने पाखण्डी कथित इतिहासकारहरु चिन्न सकिरहेका छैनौं । जाली तमसुक बनाएर हामी मंगोलहरुको हातमा मंगोल राज्य बाहुन क्षेत्रको हातमा परेपछि हाम्रो स्वाभिमान हाम्रो शीर ढलेको छ । जबसम्म तर्कको आवरण असत्य जीवित राख्न सत्रुलाई भूमिका खेल्न दिन्छौं र हनुमान जस्तै बन्छौं । तबसम्म सत्यानुभूतिको आभाष हुनेछैन । कहिले मधेश आन्दोलनको नाममा कहिले जनयुद्धको नाममा त्यही अल्पसंख्यक बाहुन क्षेत्रीको स्वार्थका लागि ज्यान अर्पण कति सजिलै गर्न तयार हुने मंगोल सजिलै खट्न मान्ने । आफ्नो अस्तित्व स्वाभिमानलाई सानो स्वार्थमा भुल्ने कति सस्तो ।

सन् १९१४ देखि १९४५ सम्ममा पहिलो र दोस्रो विश्व युद्ध छेडिदा मूलवासी मंगोलहरुले वीरता प्रस्तुत गरेको कथा सुन्छौं । भीसी तक्मा कथा सुन्छौं । नेपाल भारतको विभिन्न भेगहरुमा बीरता साथ लडेको कथा सुन्न पाइन्छ । आज त्यो वीरताको कथा कथामै सीमित भएको छ । यसबाट के स्पष्ट हुन्छ भने हामी अरुको स्वार्थमा मात्र बीरता देखाउने, वास्तविक दुश्मनलाई बँचाएर आफ्नैलाई सिध्याउने बीर मात्रै रहेछौं । २००७ सालको कथित परिवर्तनको निम्ति लडिदिने मरिदिने फासीमा झुण्डिने सहिदहरुले बल्लतल्ल न्याय पाए जस्तो र दिए जस्तो गरेर औपचारिकता मात्र पूरा गर्न खोजिरहेको बाहेक अरु के ठूलो सम्मान दिएको छ ? १० वर्षसम्म माओवादीले चलाएको कसाई युद्ध (मान्छे मार्ने युद्ध) मा मूलवासी मंगोलहरु स्वाहा मात्र भएनन्, बाँचेकाहरुलाई घरबारविहीन सुकुम्बासी बन्नु परेको प्रश्रव वेदना अहिले त्यो प्रचण्डले सुनिदिन्छ ? फेरि उही प्रचण्डको प्रसंशा गरेर हिड्ने किरातीहरु कहिलेसम्म त्यो बाहुनको झोला बोक्छन् ? हुन त उनीहरुले मंगोल भएर पनि गर्न सक्ने केही होइन, निगाहमा मन्त्री खान पल्केका अनुहार मात्र मंगोलको देखाएर कुर्सीमा मूर्ति जस्तो बसेर मंगोल स्वाभिमान जाग्ने हो र ? विचार पनि हुनु पर्यो । विचार नै अर्काको निगाह पगाहमा चलेपछि राम्रो सोचाइको विकास नभएपछि अस्तित्वको कुरा कुन चरीको नाम हो भन्ने अल्मलमा पर्नु स्वाभाविक हो । रामबहादुर थापा मगर, देव गुरुङहरु कहाँदेखि कहाँ छिर्के लगाएर लडाइदियो । नविना लामा अहिले चर्चामा छिन् । बाहुन राज्यमा उनी पनि जीवनभर संघर्ष गर्नु भएको हातमा शून्य लाग्नेछ । हाम्रो सोझोपनाको फाइदा कति सजिलै लिइरहेकाछन् दुष्ट हत्यारा साम्राज्यवादी बाहुनवादीहरुले ।

आज मंगोलको लागि स्वासभरमा नविन विचारधारा मंगोलवाद संजीवनी बन्छ त्यो कसलाई ख्याल छ ? विना लक्ष्य विना गन्तव्य रोई कराई गरेर विलौना गरेर अर्काको निगाहमा आफ्नो अस्तित्व अनि मुक्ति मिल्छ भन्ने भ्रमबाट फुत्किनु पनि यो समय महत्वपूर्ण छ । बाहुनवादी विचारधाराले जन्माएको राज्य व्यवस्था मंगोल विचारधारामा बदल्नु देशको माग हो । त्यसको लागि कायर जस्तो लुकेर धम्काउने होइन, निर्भिकताका साथ क्रान्ति गर्नु प्रधान कुरा हो । अन्यायको विरुद्ध विद्रोह गर्ने लखन थापा मगर रामप्रसाद राई अटलसिंह खम्बु जस्ता ठाडै ढल्न आफ्नै लागि चाहिँ किन डराउने ? रत्नकुमार वान्तवाहरुलाई सुल्क्याउने देशका प्रधानमन्त्री बने गुण्डागर्दी गर्नेहरु प्रधानमन्त्री बने, जो आए पनि बाहुन क्षेत्रीहरु नै आएका छन् । सेना र विदेशी भूमिमा श्रम गर्न जाने सबै मंगोल बाँकी बाहुन क्षेत्री मंगोलहरुलाई कज्याउँदै मोज गर्दै बस्छन् यहीँ ।

बराजु चेप्जुको पालादेखि जवान मंगोल ठिटालाई अरु मतलव हुन्न जहिले पनि पल्टने हुने सपना देखिरहेका हुन्छन् । कति गर्दा पनि पल्टने नभए खाडीतिर भौतारिनु पर्ने बाध्यता कसरी सिर्जना भयो ? यो सबैभन्दा दुखद पक्ष हो । भारत, हङ कङ व्रिटिशका गोर्खा सेनालाई पनि बाहुनवादले गाज्नु गाँजेको छ । जता पनि त्यही बाहुन क्षेत्री त्यही बाहुनवादको नियन्त्रणमा रहनुपर्ने । जसोतसो फेरि उही बाहुनको खुट्टामा झुक्न बाध्य बनाएको छ । आखिर ब्रिटिसको सन्तान न हो । बाहुन क्षेत्री ब्रिटिसले जसो गर्छ, त्यसो नगरी कहाँ छोड्दो रहेछ । बीर गोर्खा भन्दै ढ्याप मार्यो । एक समय गोर्खा सैनिकले त यस्तो नारा पनि लगायो । अत्याधुनिक हातहतियारले सुसज्जित जर्मनलाई यस्तो धम्की दियो । “लेफ्ट राईट लेफ्ट राईट  कदम बढायो, फेरि गोर्खालीको छोरादेखि जर्मन डरायो ।” दोस्रो विश्व युद्ध जर्मनबाटै सुरु भएको थियो । मुख्य घटक फासिस्ट हिटलर हुन् । जसले ६० लाख यहुदी ग्याँस च्याम्बरमा हालेर मारे र आफै पनि बंकरमा आत्महत्या गरे । हो, कम्युनिष्ट पनि हिटलर भन्दा कम रहेछन् त ? नेपालमै हजारौ सखाप पार्ने संसारको के हिसाब किताब करोडौ मारेको छ । तिनैको पछि लागेर त्यही बाहुनहरुकै लागि मरिदिने मंगोल दरिद्र आत्माहरुले कहिल्यै मुक्तिको आभाष हुन पाएन । आज हामी यसरी छटपटाइरहेका छौ. । सामन्ती विदेशी बाहुन क्षेत्रीहरुको अगाडी हामी बीर होइन, कायर बनिरहेका छौं ।

हामी टुक्रा टुक्रामा परिणत भएका मंगोललाई जोड्न मंगोलवादको प्रनेता डा. गोपाल गुरुङको यात्रा र चिनिया यात्री फाहीयान (कुङ्ग) के तत्कालीन पिटकमा रहेको अधुरा र क्रमभ्रष्ट को पूर्णता र समाधानको कठिन यात्राको क्रममा एउटा कालो कोठरी भद्रगोलमा जन्मियो । यसलाई प्राण भर्ने काम गर्नु पर्यो । तर हाम्रो अत्यन्त स्वार्थका कारण उहाँको यात्राले राम्रो गोडचास पाएको छैन । अर्कोतिर भारतका दलितहरुको आइकन भारतीय संविधान निर्माता डा. भीम रावअम्वेडकरको धम्मपथको अपूर्णतालाई पूर्णता दिनु पनि हो मंगोलवादको उद्देश्य तर यसको तात्पर्य एउटा धर्मलाई अंगाल्नु होइन, अन्य धर्मलाई उपेक्षा गर्नु कदापी होइन भन्ने बुझ्न पनि आवश्यक छ । त्यति मात्र नभई हिन्दूवाद नै प्रतिस्थापन गर्नु र लोकतन्त्र , गणतन्त्र र धर्मनिरपेक्षतालाई अंगिकार गर्नु हो । यो कुरा मंगोलहरुले बुझ्नु पर्दछ । सामुहिक स्वार्थ र व्यक्तिगत स्वार्थमा आकाश धर्तीको फरक जस्तै अहिलेको व्यक्तिको स्वार्थ र सामुहिक मंगोल स्वार्थमा फरक छ । नेपालमा वर्णभेद रहेकोले दक्षिण अफ्रिकामा डा. नेलसन मण्डेलाले लडेको रंगभेद विरुद्धको लडाई पनि उस्तै हो । दक्षिण अफ्रिकामा २७ वर्ष जेल परेको थियो । त्यस्तै गोपाल गुरुङको वर्णभेद नीतिविरुद्ध र हिन्दूवादी व्यवस्थाको विरुद्ध बोल्दा बर्षौ जेल र भूमिगत जीवन विताउनु परेको इतिहास भुल्नु हुँदैन । आज हामी मंगोलहरुको स्वाभिमान रक्षा गर्नका लागि लागिपर्नु भोलिको निम्ति फलदाय नै हुनेछ । भ्रष्टाचारले मुलुक खोक्रो बनाइसकेका छन् । जुन मुलुक भ्रष्टाचारीको जगजगी छ, त्यहाँ स्वतन्त्रता धेरै टिक्दैन भन्ने भनाइलाई मान्ने हो भने स्वतन्त्रता खराबमा परेको छ । हाम्रो अस्तित्व, स्वतन्त्रता, इतिहास र स्वाभिमानका खातिर एकमुठी प्राण रहुञ्जेलसम्म प्रयत्नशील रहनु पर्छ ।

( यो लेख पूर्णरूपले लेखकको व्यक्तिगत विचार हो)

Powered by Blogger.