Header Ads

२३ देशका दुकान भएको दुनियाको अनौठो गल्ली, PHOTOS

 
बेलायत : दुनियामा केवल देशहरु मात्र होइन बजारहरु पनि बहुसांस्कृतिक बन्दै गएका छन् । बेलायतको लेसेस्टरस्थित नरबोरोह सडक दुनियाको सबैभन्दा बहुसांस्कृतिक विशेषतायुक्त बजार भएको सडक हो भन्दा फरक नपर्ला। यो दुनियाको एउटात्र यस्तो गल्ली हो जहाा २३ देशका फरक फरक पसल छन्। एसियाका भारत, पाकिस्तान, चीन देखि लिएर अफ्रिकाका तान्जानिया, युगान्डा तथा जाम्बिया जस्ता देशका व्यापारीले समेत त्यहाा दुकान खोलेका छन्। युरोपेली तथा अन्य पश्चिमा ब्राण्डका दुकानको त कुरै नगरौा। जसका कारण त्यो पूरै गल्लीको वातावरण बहुरंगी तथा बहुसांस्कृतिक फुलबारी जस्तै बनेको छ। बेलायतमा यो गल्लीले आधिकारिक रुपमै देशको सबैभन्दा विविधतायुक्त गल्लीको उपाधि पाएको छ । 

यहा कुल २२२ वटा दुकान छन् जसका मालिक विभिन्न २३ वटा फरक फरक देशका रहेका छन् । केन्याली पसले ५५ वर्षका तजिन्दर रिहालले आफुले उक्त ठाउामा पछिल्लो १६ वर्षदेखि पसल चलाइरहेको बताउाछन्। त्यहााका व्यापारीहरुको एउटै गुनासो छ की सरकारले उनीहरुको समस्या कम सुन्छ र त्यो क्षेत्रको विकाशमा कम ध्यान दिने गरेको छ । यो ठाउाका पसलेहरु विभिन्न फरक फरक देशका भएपनि आपसमा मित्रवत व्यवहार गरेको देख्दा स्थानियहरु पनि अचम्म मान्छन् । पसलेहरुबीच व्यापारिक प्रतिस्पर्धा त छ तर कहिल्यैपनि झैझगडा भने छैन ।  यो गल्लीमा पसल थाप्ने व्यापारीहरु भारत, पाकिस्तान, चीन, क्यानडा, बेलायत, जिम्बाबे, तान्जानिया, टर्की, जाम्बिया, थाइल्याण्ड, युगान्डा, सोमालिया, पोल्याण्ड, अफगानिस्तान, जमैका, श्रीलंका, लिथुआनिया, इरान, केन्या, कुर्दिस्तान, मालावी, क्यामरुन तथा इराकका रहेका छन् ।









Powered by Blogger.