Header Ads

नृत्य निर्देशक रायमाझीको निधन, अमिताभदेखि हेलेनसँग गरेका थिए नृत्य

काठमांडू : नेपाली चलचित्र क्षेत्रका चर्चित नृत्य निर्देशक बसन्तजंग रायमाझीको निधन भएको छ। उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको निधन भएको हो। घरमा एक्कासी अचेत भएर लडेपछि उनलाई नर्भिकमा भर्ना गरिएको थियो। उनको शवलाई अहिले प्रज्ञा प्रतिष्ठानमा राखिएको छ। मध्यान्नसम्म प्रज्ञामा राखेर आजै उनको शवलाई आर्यघाटमा दाहासंकार गरिने कलाकार रविन्द्र खड्काले जानकारी दिए। बलिउडमा करिब सय बढी चलचित्रमा नृत्य गरेका बसन्त जंग रायमाझी देशको मायाले नेपाल आएका थिए। 

उनले बलिउडका चर्चित नायक अमिताभ बच्चनसँग पनि चलचित्रमा नृत्य गरेका थिए। यस्तै, चर्चित गीत ‘मोनिका’मा उनले बलिउड नायिका हेलेनसँग नृत्य गरेका थिए। रायमाझीले डेढ सय भन्दा बढी नेपाली चलचित्रमा कोरियोग्राफी र नृत्य गरेका छन्। ‘माया प्रिती, आर्शिवाद, के घर के डेरा, बासुदेव, यूगदेखि यूगसम्म, कस्तुरी, पहिलो प्रेम’ लगायतका चलचित्रमा उनले नृत्य निर्देशनको काम गरेका थिए। रायमाझीका २ छोरा, १ छोरी र १ श्रीमती छन् । रायमाझीलाई प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रद्धाञ्जली दिनका लागि पहल भैरहेको कलाकार खड्काले  जानकारी दिएका छन् ।

- ऑनलाइन खबर बाट 

Powered by Blogger.