Header Ads

रुखका जराजस्तै हातखुट्टा भएका मानिस, छिटै हुँदैछ उपचार


तस्वीर साँच्चीकै डरलाग्दो छ। कुनै बनाबटी हो की भन्ने जस्तो पनि लाग्नसक्छ । तर यो यथार्थपरक घटना हो। बंगलादेशका एक अनौठो रोगबाट पीडित युवकको तस्वीर हो यो।  अबुल बजनदार नामका यी युवाको हात खुट्टामा औँलाको ठाउँमा रुखका जराजुरी जस्ता आकृति पलाएका छन् । सोही कारण उनको नाम नै रुख मानिस रहन गएको छ।  उनको यो अनौठो रोगको नाम हो, इपिडर्मोडाइस्प्लाजिया वेरुसिफोर्मिस। २६ वर्षका बजनदारको अब छिटै शल्यक्रिया हुनेवाला छ । शल्यक्रिया गरेर यी हाँगाविँगा हटाएपछि उनको जिउको तौल ५ किलो कम हुनेछ र उनले पनि असह्य पीडाबाट मुक्ति पाउनेछन् ।  बंगलादेशको दक्षिणी खुलनामा बस्ने बजनदारको शल्यक्रियाको पूरै खर्च त्यहाँको एक अस्पतालले बेहोर्नेछ।  

अबुलका अनुसार उनको हातको औँलामा दश वर्ष पहिले यस्तो पलाउन सुरु गरेको रहेछ । सुरुमा त उनले त्यो कुनै मुसा होला भनेर खासै ध्यान दिएनछन्। तर पछि दुबै हात तथा खुट्टामा धेरै यस्ता टुक्रा पलाएपछि उनी अहिले कामकाज गर्नै नसक्ने अवस्थामा पुगेका छन्।  यस्तो हुनुभन्दा पहिले अबुलले रिक्सा चलाउने काम गर्थे । तर बिमारी भएसँगै उनको काम गुम्यो। छिमेकीहरुले पनि उनलाई गाउाबाट निकाला गरिदिए।  डाक्टरहरुका अनुसार यस्तो रोग भएका मानिस दुनियामा अहिले केवल ३ जना मात्र छन्। इण्डोनेसियाको एक गाउँमा यस्तै रोग भएका मानिसको सन् २००३ मा शल्यक्रिया भएको थियो ।

Powered by Blogger.