Header Ads

सुश्री रंगु सौरियाको सम्बर्धना र दिल्ली गोर्खाहरुको जमका भेटघाट


एंड्र्यू गुरुंग 
नया दिल्ली : एंड्र्यू गुरुंग हिज दिल्लीको गोर्खा भवनमा सुश्री रंगु सौरियालाई गोर्खा फउुनडेशनको जमर्कोमा सम्पन्न भयो। यस् कार्यक्रममा दिल्ली बासी गोर्खा सन्तान एव बिभिन्न संघ र संस्थाहरुले भाग लिएका थिए। नारी उत्थान र नारी उद्धार सेवामा आफ्नो प्राणको बाजी लगाएर अघी बडी रहेका हाम्रा चेलीलाई सम्मान गर्न पाउदा हामी आँफैलाई हाम्रो सौभाग्य ठान्छौ। कन्चन जङ् उद्धार केन्द्रलाई सबैले आ-आफ्नो बल्बुताको हिसाबले सहयोग दिने आश्वाशन दिए। 

यिनीहरुमा सर्ब प्रथम रीटायार्ड ले क् सुकुल प्रधान, दिल्लीका समाज सेवक एव बिजिनेस उद्धमी श्रीमान एन्ड्रु गुरुङ,दिल्लीका समाज सेवक एव बिजिनेस उद्धमी श्रीमान निरज छेत्रीले आआफ्नै तरिकाले भबिष्यमा ठुलो सहयोग दिने बचन दिए भने उपस्थित समाज सेवकहरुमा प्रेम छेत्री,सघन मोक्तान, ज्योति मणी थापा, लोप्सँग लामा, डि के प्रधान,साह युधिस्टिर, रेबेका राइ, किरण सेवा, पेट्रिसिया निकोलस गुरुङ, बन्दना राइ,रुस्तम छेत्री,समिर राइ,बिनु सुन्दास, दिल्ली पुलिसका सुनिल तामाङ, ग्यासाका राजेन छेत्री, दिनेश शर्मा, भूमिका प्रधान,जे एन यु बाट छिरिङ् भाई, क्याप्टेन राम सिंह ठकुरीका सुपुत्र श्रीमान रमेश ठकुरी, दिल्ली मदर्स ग्रुपका निमा भुटिया, सतिमा राइ, प्रियंका राइ, भूमिका राइ, कबिता राइ, मनिला घतानी, नवमी खाती, मीरा, दिपमाला तामाङ, निशा रसाइली, सरस्वती थापा, मेनुका लिम्बु, सपना रसाइली, कल्याणी दिदी, पर्यट्न भिभागका निर्देशक भास्कर मोक्तानले भर्पुर सह्योग पुराएका थिए।

विक्रम खत्री भाईको सुमुधुर आवाजमा देश भक्ती गीत बाट कार्यक्रम सम्पन्न भएको थियो। अर्का पट्टी रतन सुब्बा दाजुको मिठो र तातो चिया पिउना पाउद र् बिस्कुट टोक्न पाउद दिल्लीको जन्वरी महिनाको कठांग्रिने जाडोमा नै सबैले भुले। मेनुका दिदीले बनाउनु भएको स्वादिस्ट भोजन एव टिम्बुरको अचार र रेबेका राइ बहिनीको बदाम र गोल्भेडाको अचार सित भोजन नै अती मिठो भएको थियो भन्दा अत्युक्ती न होला। सबै सबैको एक्ता, बिचार र सहयोगले नै यो कार्यक्रम अभुत्पुर्ब रूपमा सम्पन्न भएको हो। सबै सबैलाई दिल्ली गोर्खा परिवार एव गोर्खा फाउनडेशनको तर्फ बाट मुरी मुरी धन्यवाद। एक् ता नै बल हो। एक्ताले नै बल र गोर्खाल्यान्ड ल्याउन सक्छ।










Powered by Blogger.