Header Ads

धेरै भयो काँसी जाने : नेपाली कविताहरु


 धेरै भयो काँसी जाने
एउटा भयो सिंगै खाने
एक पट्टी लाउने
अर्को पट्टी धाउने


पहाड़ पर्वत झरी सक्यो
पानी घाँटी सम्म परीसक्यो
कालो लेदो बगेको पानी
अतिनै भयो यो जिन्दगानी


कता तीर पर्छ कुन नाली मा झर्छ
एकै झुण्ड को बथान छैन
बाँची नै बस्छ की मरेर जान्छ
बास र गाँस को ठेकान छैन


भाग्य लाई छुट्याईयात्री भयौं
जाऊँ अब अबेर भै सक्यो
आमा को मुटु पनि
अब त छेंड़ भै सक्यो


सुन चाँदी को रहर ले
आफ्नै छोरा को प्रहार ले
खून पनि यहाँ चाटी सक्यो
आमा ले डाँ ड़ा काटी सक्यो


हरियाली बन को झुप्रो मा
तप तप आँशु खस्यो
आमा को मुटु माटो मा परी
ढुङ्गा माएउटा छाप बस्यो


लेखेको थियो छरलंग देखेको थियो
खुशी दिएर आँशु लियो
नियाली हेरे ठुलो सास फेरे
ढुङ्गा मा पनि छेंड़ थियो


आर्नोल्ड राई
संत मेरीज हिल
खरसाङ्ग
Powered by Blogger.