Header Ads

मेनिफेस्टोको एक नम्बर बुँदामा अलग राज्य को माग छ - डा. छेत्री


कालेबुङ : नवगठित जन आन्दोलन पार्टीको घोषणापत्रमा उल्लेखित मुद्दाहरूलाई केन्द्र गरी मोर्चा अध्यक्ष बिमल गुरूङले गरेको टिप्पणीको सम्बन्धमा दलका अध्यक्ष डा हर्कबहादुर छेत्रीले प्रतिक्रिया गरेका छन। डा छेत्रीले अलग राज्यको सवालमा जन आन्दोलन पार्टीलाई प्रश्न गर्नको साटो मोर्चा नेतृत्वले बिजेपी र दार्जीलिङलाई सांसदलाई प्रश्न गर्नु सही हुने बताएका छन। आफ्नो प्रतिक्रिया जनाउँदै डा छेत्रीले भने, "पहिले कुरा त हाम्रो मेनिफेस्टोमा स्पष्ट रूपमा एक नम्बर माग नै हाम्रो अलग राज्यको माग छ। अनि अलग राज्य जुनसुकै नाम लिएर आवोस्, मागेको अलग राज्य हो। यस्तै कुरा गर्ने हो भने जसरी उनीहरूले बिजेपी उम्मेद्वारलाई दुइ दुइ पल्ट जिताएर पठाए, तर बिजेपीले आफ्नो मेनिफेस्टोमा कतै पनि गोर्खाल्याण्ड लेखेको छैन। गोर्खाल्याण्ड त छोइदिऊ, अलग राज्यको कुरा पनि गरेन यो दलले। बिजेपीले के भन्यो भने पहाड अनि तराईडूवर्सका जनताको दीर्घलम्बित माग भनेर भन्यो। त्यतिबेला त उनीहरूले कुनै हल्ला गरेनन। न अलग राज्य लेखिएको छ न गोर्खालयाण्डको नाम छ। तर उनीहरूले त्यतिबेला त भारी मतले जिताएर पठाएका हुन बिजेपीलाई। चुनाउ अघि त बाँकी बंगालको भोटरलाई केन्द्र गरी गोर्खाल्याण्ड भन्नु असुबिधा थियो तर जितेर त्यो पार्टी बहुमतमा आइसकेपछि आफूले जिताएर पठाइसके पछि त सोध्नुसक्नु पर्ने हो। 

अहिलेसम्म केन्द्र सरकारसँग कुरा गर्न दिल्ली जाँदा गोर्खाल्याण्डको कुरा उठाउन सहास राख्दैनन। अनि जुन पार्टीले स्पष्ट रूपमा अलग राज्य भनेको छ, उसैलाई यो प्रश्न गर्ने उनीहरूलाई के अधिकार छ? हामीलाई प्रश्न गर्न अघि बिजेपीलाई प्रश्न गरोस। बिजेपीको मेनिफेस्टोमा जबरजस्ती हालेर देखाओस अनि त्यति मात्र होइन, उसको सांसदलाई संसदमा बोल्न लगाएर देखाओस। भोलिपर्सी हामीले सांसद पठायौ भने हामी स्थानीय सांसद पठाउछौ अनि हाम्रो सांसदलाई त्यहाँ गोर्खाल्याण्डको कुरा गर्न लगाउँछौं।" उनले जातगत बिकास बोर्डको गठन हुँदा गोर्खाजाति बिभाजन भएको मोर्चा अध्यक्षको आरोपको पनि खण्डन गरेका छन। कालेबुङका विधायक डा हर्कबहादुर छेत्रीले भने, "मोर्चाले सम्झिन्छ, सबै जना उसको अघि झुकोस् अनि जति बोर्डहरू बनिए, त्यसका नेताहरू मोर्चाको अघि झुक्न गएन।

मोर्चले के अनुभव गर्‍यो भने यिनीहरू आफै आफै मालिक भए, अब यिनीहरू आफै आफ्नो खुट्तामा उभिने भए भन्ने डरले यस्तो भन्दा त जनताले गिल्ला गर्छ अब जोगिनुको लागि जाति बिभाजन भयो भनेर। बोर्डले के गर्दैछ त भन्दा घर बनाउदै छ जात जातको, अनि त्यो घर राम्रोसँग बनाएको छ। जीटीएले बनाउनु पर्ने घर चैँ अहिले एउटै ठीकसँग बनिएको छैन। जातिगत बोर्डहरूले कुनै जातिविरोधी कुरा र काम गरेको दृष्टान्त मोर्चाले देखाउनु सक्दैन" जापका अध्यक्ष डा छेत्रीले आउँदो विधानसभा चुनाउमा मोर्चाले कङ्ग्रेस र वाममोर्चासँग गठबन्धन गर्ने घोषणालाई मोर्चाको अवसारवादी राजनीतिको रूपमा व्याख्या गरेका छन। "बिधानसभा चुनाउ यिनीहरूको कुनै औचित्य छैन, चुनाउ नै लड्नु थियो भने किन राजिनामा दिनु लगायो। 

जीटीएमा ह्स्तक्षेप, गोर्खाल्याण्डको मुद्दा भन्ने निहुँ गरी जुन प्रकारले उनीहरूले विधायकलाई फिर्ता गराए, त्यो हिसाबले उनीहरू चुनाउमा जानु भनेको फेरि एकपल्ट जनतालाई झुक्याउनु मात्र हो। यसपालि उनीहरूको उम्मेद्वारले जित्ने सम्भावना कम छ, चुनाउ लड्छन भने पनि यो उनीहरूको व्यर्थको अभ्यास मात्र हो। केन्द्रमा बिजेपीसँग मिल्ने राज्यमा कङ्गेस र वामपन्थीहरूसँग मिल्ने। यो सन्तुलन मिलाउन यिनीहरूलाई धेरै गाह्रो हुन्छ। यो सोझै अवसरवादी राजनीति हो। यसले मोर्चा अध्यक्षको इगो मात्र परिपूर्ति हुन्छ।"

- जनआन्दोलन पार्टी  फ़ेसबुक पेज
Powered by Blogger.