Header Ads

जनकपुरमा मधेसी मोर्चा र प्रहरी बीच झडप, चार प्रहरी घाइते

जनकपुरः आइतबार जनकपुरमा मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा चार जना प्रहरी घाइते भएका छन् । आइतबार जनपुर उपहानगरपालिका ९ स्थित कांग्रेस सांसद लिला कोइरालाको घर अगाडि विरोध प्रदर्शन गर्न मोर्चाका कार्यकर्ता भेला भएपछि प्रहरीसँग झडप भएको हो । कांग्रेसको स्थानीय अधिवेशनमा भाग लिन धनुषा पुगेकी कोइरालाको घर अगाडि मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले रोक्नखोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ । प्रहरीमाथि ढुंगा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोलबम प्रहार गरेपछि प्रहरीले बाध्य भएर अश्रु ग्यास प्रहार गर्नुपरेको बताएको छ । प्रदर्शनकारीको ढुंगाप्रहारबाट चार प्रहरी घाइते भएका हुन् ।
Powered by Blogger.