Header Ads

आर्मी हुँदा पनि अर्काकै निम्ति गोली चलायौ, अर्ध आर्मी भएर पनि अर्काकै लागि


- कनकधारा स्वामी स्वदेशानंद
जल्ले जति भने पनि भर्खरै थाहा लागे अनुसार भारतीय गोर्खाहरूलाई उल्लू बनाउने र भारतीय गोर्खा परिसंघको लोकप्रियतालाई देखेर गोर्खा जनमानसलाई दिग्भ्रमित गर्ने उद्देश्यले गठित अन्तर्राष्ट्रीय नेपाली संस्कृति सुरक्षा परिषद नामक भारतीय छः जातिको निम्ति समर्पित गोर्खा जाति मात्रको दुःश्मन संस्था अहिलेसम्म दर्ता भएकै छैन। ज्वाईं किन्ने, आफ्नी दिदी-बहिनी र छोरी,चेलीले अन्य जातको केटासंग प्रेम गरी भने दिदी-बहिनी मार्ने, छोरी-चेली मार्ने असहिष्णु समुदायलाई हाम्रो महान् संस्कृतिको नाइके बनाउनेहरू वैश्विक गोर्खा समुदायका मित्र हुन् त? यस तथाकथित अन्तर्राष्ट्रीय नेपाली संस्कृति सुरक्षा परिषद नामक संगठनका धेरै पदाधिकारीहरूलाई बेग्ला-बेग्लै तबरमा भेट गरिसकेपछि मैले के थाह पाएँ भने यिनीहरू बारम्बार हांमी गोर्खाहरू केही गर्नसक्दैनौं अनि हाम्रो भारतमा केही योगदान छैन भनिरहेका हुन्छन् र यिनीहरूको मुखबाट दिनमा सयपल्ट जस्तो नेपालका मधेशीहरूले हक-अधिकार पाएका छैनन् भनेर वैश्विक गोर्खाहरूका माइती देशको विरुद्ध विषवमन गर्छन् अनि नेपालका मधेशीहरूको तलुवा चाटिरहन्छन्। भारतमा आफूमाथि भएको विभेद नदेख्ने थुक्क आर एस एसे आँखाहरू ! लू भन तिमीहरूको यस अर्ध पुलिसिया ड्रेसको दुश्मन को हो? कल्लाई कुट्ने?  वन्दे मातरम्। भारत माता की जय।

(उपरोक्त लेख सर्वथा लेखकको आफ्नो विचार हो)


Powered by Blogger.