Header Ads

अली अली अँध्यारो : नेपाली कविताहरु


 अली अली अँध्यारो
अली अली उज्यालो
के डांड़ा के काँड़ा
कहीँ उकालो कहीँ ओरालो


हावा सँगै उड़ी दिन्छ
घरी उत्ता पट्टी घरी यता पट्टी
जिन्दगी बिशाल हावा को झोँका मा
रहेछ एक चिम्ती जती


समाज को कात्रो मा बेरिएको
एउटा अनौठो खुसी
तातो हावा को झोँका सँगै
पल्टाई दिन्छ आगो ले झोसी


चुप चाप बसेको च रा हरु
अनजान छ उसको कुरा हरु
अ ठा र बर्स स्या हा रे को खाट माथी
शा यद फूटाइ दिन्छ उसको चुरा हरु


कुना मा रोई रहेको
हत्केला को घाउ धोई रहेको
नमर्ने प्रेम को एउटा कथा
यो मुटु लाई त्यो मुटु ले छोई रहेको


बाँ धिएको लादिएको
अँजुली मा परेछ ठेला
रोएन जून रोएन तारा
म मरेको बेला .....

अर्नोल्ड राई
सन्त मे रीज हिल
खरसाङ्ग
Powered by Blogger.