Header Ads

अल इण्डिया सोसिएल एसोसिएसनका नयाँ वर्षमा आहतहरुलाई राहत


चेवाङ योंजन 
कालेबुङ : शहरका अधिकांश मानिसहरुले पिक्निक, पार्टी र अन्य मनोरञ्जनका कार्यक्रमहरु गरेर नयाँ वर्षको स्वागत गरे पनि अल इण्डिया सोसिएल एसोसिएसन (आइसा)ले भने परोपकारको माध्यमबाट नयाँ वर्षको पहिलो दिन शुरू गरेको छ। कालेबुङका केही सहयोगी मन भएका मानिसहरु मिलेर गठन गरेको संस्था आइसाले डुवर्सको दुम्सीपाड़ा चियाबगानका श्रमिकहरुलाई राहत सामग्री प्रदान गरी नयाँ वर्ष पालन गरेको छ। यो संगठनले दुम्सीपाड़ा चियाकमानका लगभग एक सय परिवारलाई आज राहत सामग्रीका रुपमा चामल, आटा, विस्कुट, वाइवाइलगायत न्यानो लुगाहरु प्रदान गरी सहयोग पुऱ्याएको छ। डन्कन्स् कम्पनीको अधिनमा रहेको दुम्सीपाड़ा चियाकमान विगत एक वर्ष अघिदेखि अघोषित बन्द अवस्थामा छ। बगान अघोषित बन्द भएपछि यहाँका गाँउहरुमा कुपोषण बढेको छ। कुपोषणको कारण अत्यन्तै विपन्न परिवारका केही मानिसहरु अनाहारले मरेको समाचारहरु पनि छापामआइरहेको छ । 

दुम्सीपाड़ा चियाबगानका मानिसहरुले भोगीरहेको संकटबाट राहत प्रदान गर्ने उद्देश्यले संगठनले यो पहल गरेको थियो। आइसाको 15 सदस्य टोलीले आज दुम्सीपाड़ाको चर्च लाइनमा पुगेर ज्यादै सोचनीय स्थितिमा रहेका 70 परिवारलाई 25 किलोको दरले आटा, चामललगायत अन्य खाध्यसामग्री र गरम लुगाफाटाहरु वितरण गरेको थियो। संगठनका अध्यक्ष सुदन प्रधानले राहत टोलीलाई नेतृत्व गरेका थिए भने टोलीमा सचिव एसटी भोटीया, कोषाध्यक्ष विजय तामाङ, सदस्यहरु एलटी भोटीया, राजेस राई, राजु सुब्बा, मणीकुमार छेत्री, विनोद छेत्री, विनोद खाती, सुरज थापा, दिपक शर्मा, किवाङ भोटीया आदि उपस्थित थिए। राहत सामग्री वितरण गर्न अघि पीडित श्रमिकहरुको पक्षमा साहित्यकार विष्णुप्रसाद गौतम अनि शिक्षक रमेश तिरुवाले संगठनका सदस्यहरुलाई खदार्पण गरी कृतज्ञता प्रकट गरेका थिए। 

शिक्षक तिरुवाले संगठनको यो पहललाई मानवीय समवेदनाका दृष्टिले महक कार्य बताउँदै अघोषित बगान बन्दले पैदा गरेको संकटपूर्ण परिस्थिति बारे प्रकाश पारेका थिए। संगठनका अध्यक्ष सुदन प्रधानले कमानका श्रमिकहरुका स्थिति देखेर चिन्ता प्रकट गरे । उनले विगत केही वर्षदेखि आफ्नो संस्थाले प्राकृतिक प्रकोपका पिडीतहरुलगायत संकटमा परेका असाहय मानिसहरुलाई सहयोग पुऱ्याउँदै आइरहेको जानकारी दिए। उनले पत्र पत्रिकामा प्रकाशित बन्द चियाकमानको अवस्थाका खबरहरु पढेर आफू मजदूरहरुको दुरावस्थाबारे सुसूचित रहेको बताउँदै आंशिक भए पनि सहयोग पुऱ्याउन सकेकोमा सन्तोष प्रकट गरे। संस्थाका सदस्य एलटी भोटीयाले पनि श्रमिकहरुको दयानीय अवस्थाले आहरुलाई भावूक बनाएको बताउँदै संस्थाले समाजका विपन्न अनि कमजोड़ मानिसहरुलाई सहयोग गर्दै आइरहेको बताए। उनले संस्थाले प्रत्येक नयाँ वर्षको पहिलो दिन मनोरञ्जनात्मक कार्यक्रममा समय नष्ट गर्नुको साटो समाजका असहाय र गरिब तप्काका मानिसहरुलाई सहयोग गर्ने लक्ष्य लिएर काम गर्दै आइरहेको जानकारी गराए। 



Powered by Blogger.