Header Ads

दुनियाकै कुरुप महिलाको कथा, कसरी बदलिन् शोकलाई शक्तिमा


२६ वर्षको कल्कलाउँदो उमेर हो उनको । तर उनको लागि उमेर र वौशको कुनै अर्थ रहेन । किनकी उनको जिउमा यस्तो रोग छ, जसका कारण उनी विश्वकै सबैभन्दा कुरुप महिलाको उपाधि बोक्न बाध्य छिन् । लिजी वेलास्क्वेज अमेरिकाको टेक्सासमा सन् १९८९ मा जन्मिइन् । सामान्य मिति भन्दा ४ हप्ता अघि नै उनको जन्म भएको थियो र जन्मिँदा उनको तौलो जम्मा १२ सय ग्राम थियो । आखिर उनको सरीरमा दुर्लभ वंशाणुजन्य रोग रहेछ, जसका कारण जन्मिसकेपछि पनि उनको सरीरको वृद्धि विकाश खासै भएन । उचाइ बढेपनि जिउको मोटाइ भने फिटिक्कै बढेन । उनको जिउको तौल केवल २९ किलो मात्रै छ। रोगकै कारण उनको एउटा आाखा अन्धो पनि भयो। सरीरमा बोसो नै जम्मा नहुने त्यो रोगको कारण उनको जिउ निकै कुरुप छ । तर त्यो शोकलाई उनले शक्तिमा बदलेकी छिन् अहिले । अनि विभिन्न खाले दुव्र्यवहारबाट पीडित भएका मानिसहरुका लागि हिम्मत र प्रेरणाको पात्र बनिरहेकी छिन् ।

अशक्त र कुरुप जिउ घिसारिरहेकी लिजीको जिवनमा एउटा दुखलाग्दो घटनाले मोड नै परिवर्तन गरिदियो । उनले एकदिन यु ट्युबमा आफ्नै भिडियो देखिन्। विश्वकै सबैभन्दा कुरुप महिला शिर्षकमा अपलोड गरिएको उनको भिडियो ४० लाख भन्दा बढिले हेरिसकेका थिए, अर्थात् भिडियो सुपरहिट भएको रहेछ अनलाइनमा। उनको भिडियो यति धेरै चर्चित भयो, तर भिडियो मुन्तिर मानिसहरुले लेखेका टिप्पणीहरु भने निकै बिझाउने तथा होच्याउने खालका थिए । एकजनाले लेखेको थियो, आफैलाई आगो लगाएर मर । अनि अर्काले लेखेको थियो किन सबैले भनेको मान्दैनौ ? आत्महत्या गर । मानिसहरुका कमेण्ट यस्ता थिए की उनी मरे यो दुनिया नै निकै राम्रो बन्नेछ । फक्स च्यानलसागको अन्तरवार्तामा लिजीले भनेकी छिन् : हरेक कमेण्टहरु पढ्दा मलाई लाग्यो की मानिसहरु उक्त भिडियो हेर्दै स्क्रिनमा ममाथि मुड्की हानिरहेका छन् ।

त्यसपछि उनले त्यो शोकलाई शक्तिमा बदल्ने प्रण गरिन् । हिम्मत जुटाइन् । उनी भन्छिन् : मानिसहरुले मलाई चिन्नै सकेका छैनन् र म आफुलाई चिनाउन चाहन्छु भन्ने मलाई लाग्न थाल्यो । अहिले उनी प्रसिद्ध लेखिका तथा उत्प्रेरक वक्ता बनिसकेकी छिन् । बालबालिकामाथि हुने दुव्र्यवहारको विषयमा उत्प्रेरक भाषण गर्न तथा परामर्श दिनका लागि उनी विश्वका विभिन्न देशमा पुगिसकेकी छिन् । उनले विभिन्न किताबहरु समेत लेखेकी छिन् । सन् २०१० मा पहिलोपटक आफ्नी आमासाग मिलेर एउटा किताब लेखेकी थिइन् उनले । उनका चर्चित तथा प्रेरणादायी किताबहरुमा बि ब्युटिफुल, बि यु, चूजिंग ह्याप्पिनेस आदि रहेका छन् । साथै उनको जिवनकथामा आधारित डकुमेन्ट्री ए ब्रेभ हार्ट : दी लिजी वेलास्क्वेज स्टोरी पनि बनिसकेको छ ।

- ऑनलाइन खबर बाट
Powered by Blogger.