Header Ads

भेँडाले बनायो विश्व रेकर्ड, जिउमा ४० किलो ऊन


एउटा भेँडाको जिउबाट कतिसम्म ऊन काढ्न सकिएला ? ४० किलो। सायद यस्तो उत्तर त मुर्खले मात्र देला भन्नुहोला । तर होइन। अस्टेलियामा एउटा भेँडाको जिउबाट साँच्चीकै ४० किलोभन्दा बढि ऊन निकालिएको छ। अस्टेलियाको राजधानी क्यानबेराको बाहिरी इलाकामा पाइएको क्रिस नामको भेडाको जिउबाट ४०.५ किलो ऊन निकालिएको हो। यो सँगै उक्त भेँडाले सबैभन्दा बढि ऊनको विश्वकिर्तिमान कायम गरेको छ। यसले न्युजिल्याण्डको श्रेक नामको भेँडाले राखेको विश्वकिर्तिमान तोडेको छ। श्रेकको जिउबाट २७ किलो ऊन निकालिएको थियो। क्रिस भेँडाको जिउबाट ४० किलो ऊन निकाल्न कम्ता सास्ती भएन। निकै कठीन शल्यक्रिया नै गर्नुपर्यो भेँडाको। 

अस्ट्रेलियाको पशु क्रुरता निवारणका लागि स्थापित रोयल सोसाइटीका अनुसार जिउमा यतिधेरै ऊन भएका कारण उक्त भेँडाको ज्यान नै जोखिममा परेको थियो। यो मेरिनो जातिको भेँडाको जिउबाट नियमित रुपमा ऊन काटिएन भने रौँ बढ्दै गएर यस्तो अवस्था आउन सक्छ। ऊनकै लागि पालिने यो भेँडाको जिउमा निकै तिव्र रुपमा भुत्ला बढ्दछ। जिउमा धेरै ऊन भएका कारण भेँडालाई हिँडडुल गर्नपनि समस्या भएको थियो। पछिल्लो ५ वर्षयता उक्त भेँडाको ऊन काढिएको रहेनछ। जटिल अप्रेशनका क्रममा उक्त भेँडाको जिउमा धेरै घाउ बनेका छन्। त्यसैले भेँडाकेा उपचार जारी छ र उसले स्वास्थ्यलाभ गरिरहेकेा छ।






- ऑनलाइन खबर बाट
Powered by Blogger.