Header Ads

भारतका लागि नेपाली राजदूतले भने-भारतले नाकाबन्दी गरेको छैन

काठमाडौं। भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले भारतले नेपालमा नाकाबन्दी नै नलगाएको दाबी गरेका छन् । भारतको अघोषित नाकाबन्दीका कारण काठमाडौंको जनजीवन कष्टकर बन्दै गइरहेका बेला राजदूतले नाकाबन्दी नभएको भन्दै नेपालीहरु संयमित हुनु पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा राजदूत उपाध्यायले भने-‘भारतले नाकाबन्दी नलगाएको भनेर पटकपटक भनिरहेको छ। उसले नेपालमा असुरक्षा छ भनेर भनिरहेको छ । यस्तो बेलामा हामीले नाकाबन्दी लगाएको भन्ने आधार छैन।’ उनले अघि भने-हामीले पनि भुपरिबेष्ठित र अति कम विकाशसील मुलुकको संबेदनशिलता बुझ्न भनेका छौं ।

 त्यसैले अहिले हामी संयमित बन्नुपर्छ, यसलाई थप जटिल बनाउने काम गर्नु हुँदैन ।’उनले आरोप प्रत्यारोप गरेर समस्याको समाधान नहुने भन्दै  कुटनीतिक तहबाट समाधान खोज्नु पर्ने बताए ।  नेपालको अवस्था र समस्याको विषयमा भारतलाई पूर्ण जानकारी रहेको भन्दै राजदूत उपाध्यायले भने-‘छिटो समस्या समाधान हुन्छ भन्ने आशा गरौं। २-४ दिनमा केही होला।’ नेपालले गरिरहेको कुटनीतिक प्रयास टुङ्गोमा नपुगुन्जेलसम्म धैर्य गर्नुपर्ने भन्दै उनले नेपालको संविधानमा संशोधन गर्नु पर्ने भन्दै भारतले पठाएको सातबुँदे सुझावबारे आफूलाई जानकारी नभएको बताए। भारतमा रहँदा आफूले गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री शुष्मा स्वराजसहितका बरिष्ठ सरकारी अधिकारीहरुलाई भेटेको र अब भारतीय प्रधानमन्त्री मोदी न्यूयोर्कबाट फर्किएपछि भेट गरेर सबै कुरा राख्ने बताए। 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिब्यक्ति नआउन्जेलसम्म संयमित हुनु पर्नेमा जोड दिएका छन्। राजदुत उपाध्यायले आफूले कुटनीतिक मर्यादाको सीमामा रहेर प्रयास गरिरहेको बताए। उनले भने-यहाँबाट भारत गएर नेपालको संविधानको विषयमा छलफल हुन्छ। मैले सरकारलाई भनेको छु, कम्तिमा पनि प्रत्येक गाविसमा एउटा संविधान र विदेश स्थित कुटनीतिक नियोगमा अग्रेजीमा अनुवाद गरिएको संविधान पठाउनु पर्छ। म पनि संविधान लिएर दिल्ली जान्छु।’ नेपालमा प्रवेश गरेका साधनको सुरक्षाको जिम्मा नेपाल सरकारको भएको र नेपाल सरकारले सुरक्षा दिने प्रतिबद्धता ब्यक्त गरेको भन्दै उनले भारतले आपूर्ति ब्यवस्था सहज बनाउन सहयोग गर्नु पर्ने बताए ।
Powered by Blogger.