Header Ads

यी आँखाहरु चिम्म गर : नेपाली कविताहरु


 यी आँखाहरु चिम्म गर ,
संसारै अँध्यारो छ ,
यी आँखाहरु खोली हेर ,
संसारै उज्ज्यालो छ 


अँध्यारो र उज्ज्यालो भित्र ,
हरियालो झरेको छ ,
दुख र सुखको भुवारी भित्र ,
यहाँ …...... दुनियाँ बसेको छ 


भूत र भगवानको भिडहरुमा ,
जोर - बाटो घेर्नु छ ,
पाप र धर्मको गर्भ भित्र ,
काँचुली फेर्नु छ 


सांगलोले जस्तो बाँधिएर ,
भएछ जिन्दगीको घेरो ,
आगो र पानी संग खेल्न भनी ,
भएछ सात फेरो 


रंग र ढंगको ज्योति बाली ,
लाखौ ज्योती बल्यो ,
त्यही ज्योतीको झिल्का झरी ,
हजारौ घर जल्यो 


आर्नोल्ड राई ,
सन्त मेरिज हिल ,
खर्सांग ,
दार्जीलिंग
Powered by Blogger.