Header Ads

सर्वियाको सिमानाबाट 4000 शरणार्थी हंगेरी पुगे

बीबीसी 
सर्वियाको सिमानाबाट एकैदिन चार हजारभन्दा बढी मानिसहरु शरण खोज्दै हंगेरी प्रवेश गरेका छन्। शरणार्थीहरुलाई रोक्न बनाइएको काँढे अवरोधलाई अन्तिम रुप दिइरहेका सुरक्षाकर्मीको अगाडिबाटै उनीहरु हंगेरी भित्रिएका हुन्। उनीहरु राष्ट्रसंघीय निकाय युएनएचसीआर लगायतले उपलब्ध गराएका दर्जनौं टेन्टहरु ठड्याइएका चौरमा राखिएका छन्। 

तयारी
हंगेरी सरकारले शरण खोज्नेहरुलाई आफ्नो देशमा आउन नदिने प्रयासलाई तीव्रता दिइरहेकै समयमा रुइस्कह्मा मानवीय संरचना बनाउने काम अन्तिम चरणमा पुगेको छ।महिनौंसम्म हंगेरीको हरियालीयुक्त सीमामा एउटै मात्र प्रवेश विन्दु रेलवे ट्र्याक थियो। अहिले हंगेरीको सेनाले त्यसमा प्रवेशद्वार बनाइरहेको छ, जसको दुवैतिर काँढे तारबार लगाइएको छ। हंगेरीका प्रधानमन्त्री भिक्टोर ओर्बानले अवैध आप्रवासीका निम्ति निकै तीव्र गतिमा सिमाना बन्द गर्ने घोषणा गरेकाले मंगलबारदेखि के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन।” 

विरोध
प्रहरीलाई सघाउन चार हजारभन्दा बढी फौजलाई त्यहाँ पुर्याइएको छ। प्रधानमन्त्री ओर्बानको नीतिको विरोधमा हंगेरीको राजधानीस्थिति मुख्य अन्तर्राष्ट्रिय ट्रेन स्टेसनमा एउटा सानो प्रदर्शन भएको छ। त्यो युरोपभरी शनिबार भएका प्रदर्शनहरुको एउटा अंश थियो। युरोपमा भएका र्यालीहरुमध्ये अधिकांश आप्रवासीहरुको समर्थनमा र कतिपय आप्रवासी विरोधी थिए।

Powered by Blogger.