Header Ads

187 पृष्ठको नेपाली संविधानको पूर्णपाठ पढ़नु होस


संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्ने कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् । राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ। राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो । संविधान जारी गरी प्रारम्भ भएको घोषणा गरेपछि राष्ट्रपतिलाई संविधानसभाले धन्यवाद प्रस्ताव सर्वसम्मपतिले पारित गर्‍यो । संविधानसभाले गडगडाहट तालीका वीच राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गरे । त्यसपछि सभाध्यक्षले संविधानसभाले गरेका कामहरुको विवरण पेश गरे । २०७० माघ ८ गतेदेखि संविधानसभा बैठक बसेको र हालसम्म ३२८ घण्टा ४५ मिनेट व्यतित गरेको संविधानसभा अध्यक्षले सुवास नेम्वाङले जानकारी गराए ।

संविधानको पूर्णपाठ  

Powered by Blogger.