Header Ads

६ सय कुकुरद्वारा सामुहिक आत्महत्याको प्रयास

लंदन। न्याय नपाएको भन्दै पीडित मानिसहरुले सामुहिक आत्महत्या गर्ने प्रयास गरेको कुरा त सुनिएकै हो। तर बेलायतमा भने मानिसहरुले होइन कुकुरहरुले सामुहिक आत्महत्याको प्रयास गरेका छन्। थोरै कुकुरहरुले कहाँ हो र ? ६ सय वटा कुकुरहरु आत्महत्या गर्ने भन्दै एकसाथ पुलबाट हाम फालेपछि सनसनी नमच्चिने कुरै भएन।  हो, झण्डै ६ सय कुकुरहरुले आत्महत्या गर्ने प्रयास गरेको खबर बेलायतमा अहिले निकै चर्चामा छ। स्कटल्याण्डको डनबर्टनशरमा रहेको एक चर्चित पुलबाट कुकुरहरुले हाम फालेर आत्महत्याको प्रयास गरेका हुन्। हन्टेड सुसाइड बि्रज अर्थात् भुताहा आत्महत्या पुल नामको उक्त पुलबाट हाम फालेका कुकुरमध्ये ५० वटाको त ज्यान नै गयो।  जनावर मनोविज्ञहरु कुकुरहरुको सामुहिक आत्महत्याको यो घटनाबाट अचम्ममा परेका छन् । 

अनौठो कुरा त यो छ की आत्महत्याका लागि पुलबाट हाम फाल्ने सबै कुकुरहरु सामान्य थिए, अर्थात् बहुलाएका वा अन्य स्वास्थ्य समस्या भएका थ्एिनन्। अर्को कुरा यिनीहरु सबै एक विशेष प्रजातिको लामो थुतुनो भएका कुकुरहरु थिए। कुकुरहरुले पुलबाट हाम फाल्ने बेलामा त्यहाँको मौसम पनि सामान्य थियो। पुलबाट चिप्लिएर वा कुहिरोका कारण बाटो नदेखेर खसेका भन्ने अवस्था पनि थिएन। कुकुरको आत्महत्याको खास कारण पत्ता लाग्न नसकेपछि मानिसहरुबीच अनेकन तर्क वितर्क सुरु भएका छन् । यो घटनालाई भुतप्रेतसँग पनि जोड्न थालिएको छ।  स्थानीय मानिसहरुका अनुसार १९ औँ शताब्दीको चर्चित महल ओभरटन हाउसमा बस्ने ह्वाइट लेडी नामकी महिलाको आत्माले यो घटना गराइरहेको छ। पछिल्लो १ सय वर्षदेखि यो पुलबाट यसरी कुकुरहरुले हाम फालेर आत्महत्या गर्ने गरेका घटना घटिरहेका छन् ।

- ऑनलाइन खबर बाटा

Powered by Blogger.